वाम गठबन्धनको पक्षमा देखिएको जनहलर एकता र समृद्धिका लागि हो: प्रचण्ड
चितवन–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश समृद्धिको दिशामा अघि बढेको बताएका छन् । माडीको बरुवामा आज आयोजित विजयी सभालाई सम्बोधन गर्दै उनले निर्वाचनको समयमा वाम गठबन्धनको पक्षमा देखिएको जनलहर समृद्धि, सुशासन र एकताका लागि भएको बताए । देश र जनतालाई अहिले विकासको आबश्यकता छ भन्दै उनले जनतामाझ आफूले गरेका प्रतिबद्धता पुरा गरिछाड्ने बताए ।
आफूले निर्वाचनको समयमा माडीलाई मणि बनाउने सपना देखेको बताउँदै अब त्यो सपना साकार हुने प्रतिबद्धता व्यक्त गरे । माडीमा रिङरोड निर्माण गर्ने, पर्यटकीय केन्द्र बनाउने, चितवन र माडीको विकासका लागि सधै प्रतिबद्ध रहने, कृषि, पर्यटन र पूर्वाधार विकासका दृष्टिकोणले जनताले अनुभूति गर्ने गरी काम गर्ने अध्यक्ष प्रचण्डले उल्लेख गरे ।
माडी क्षेत्रमा नदी कटान नियन्त्रणका लागि रिभर म्यानेजमेन्ट मास्टर प्लानअन्तर्गत काम गर्ने बताउँदै उहाँले जंगली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि पर्खालसहितको मेसजाली निर्माण गर्ने बताए ।
निर्वाचित भएपछि भरतपुर महानगरपालिकाका क्षेत्र नम्बर ३ मा पर्ने विभिन्न वडामा घरदैलो गरी मतदातालाई धन्यबाद दिएका प्रचण्डले आज माडीका विभिन्न वडामा घरदैलो गर्दै मतदाताहरूलाई धन्यवाद दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद