शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लमजुङमा समानुपातिकमा १२ हजार मत बदर

बुधबार, २७ मङ्सिर २०७४, १८ : ५८
बुधबार, २७ मङ्सिर २०७४

लमजुङ – निर्वाचन आयोगको मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुनु, राजनीतिक दलहरुले आफ्ना चुनाव चिह्नबारे प्रभावकारी शिक्षा दिन नसक्नु, गठबन्धनमा रहेका दलहरुको चुनाव चिह्नमा मतदाता झुक्किनुले धेरै मत बदर भएको पाइएको छ । 

लमजुङमा समानुपातिकतर्फ १२ हजार ४२ मत बदर भएको छ । प्रतिनिधि र प्रदेशसभा गरी १२ हजार ४२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार एक लाख १५ हजार ४ सय ४९ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभामा ७७ हजार २१४ मत खसेको थियो । खसेको मत मध्ये ४ हजार ५ सय ५२ मत बदर भएको छ ।

यस्तै प्रदेश सभा ‘क’ मा ५४ हजार ८९७ मतदाता रहेकोमा ३७ हजार ७४२ मत खसेको थियो । खसेको मत मध्ये ४ हजार ४०९ मत बदर भएको छ । यस्तै प्रदेश सभा ‘ख’ मा ६० हजार ५५२ मतदाता रहेकोमा ३९ हजार ४७२ मत खसेको थियो । खसेको मत मध्ये ३ हजार ८१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रत्यक्षतर्फ ७७ हजार १६४ मत खसेकोमा दुई हजार ५८५ मत बदर भएको छ । प्रदेशसभा ‘क’ मा ३६ हजार ८७१ मत खसेकोमा एकहजार ४७४ मत बदर भएको थियो । यसैगरी प्रदेशसभा ‘ख’ मा ४१ हजार २७२ मत खसेकोमा ८७८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप