बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘मिस्टर भर्जिन’मा तीन अभिनेता, अभिनेत्रीमा एक्ली मरिश्का

बुधबार, २७ मङ्सिर २०७४, १९ : ०८
बुधबार, २७ मङ्सिर २०७४

काठमाडौं– यौन मनोविज्ञानको कथामा चलचित्र ‘मिस्टर भर्जिन’ निर्माण हुने भएको छ । बुधवार राजधानीको कियुज चलचित्र भवनमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको घोषणा भयो । तीन युवाको मुख्य कथा बनाईको चलचित्रमा गौरब पहारी,बिजय बराल र कमलमणि नेपाल मुख्य भुमिकामा रहने छन् । 

वोर्ल्ड वाइड फिल्मस् डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा बन्ने चलचित्र विशारद बस्नेतले निर्देशन गर्न लागेका हुन् । बिशारदको यो डेब्यु चलचत्रि हो ।  चलचित्रमा मरिश्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतको अभिनय समेत रहने छ ।

महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत रहने चलचित्र खिलेन्द्र तिमल्सिना, प्रजापती सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी निर्माण हुन लागेको हो । चलचित्र यहि शुक्रबारबाट छायांकन जानेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप