शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘कृ’को पोष्टरमा अदीतिसँग रोमान्टिक अनमोल

बुधबार, २७ मङ्सिर २०७४, १९ : ११
बुधबार, २७ मङ्सिर २०७४


काठमाडौं – अभिनेता अनमोल केसी अभिनित प्रतिक्षित चलचित्र ‘कृ’को पोस्टर  सार्वजनिक भएको छ । निर्माण युनिटले अभिनेत्री अदीति बुढाथोकी र अनमोलको तस्बिर राखेर रोमान्टिक पोष्टर बनाएको छ ।


चलचित्रको ट्रेलर भने शुक्रबार सार्वजनिक   हुँदैछ । अनमोल र अदितीको रोमान्टिक पोष्टरले चलचित्र प्रति झनै उत्सुकता बढाएको छ । सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो ।


अनमोल केसी, अदीति वुढाथोकी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्र सुवास गिरी र भूवन केसीले मिलेर बनाएका हुन् । 


सुरेन्द्र पौडेलले निर्देशन गरेको यो चलचित्रका कार्यकारी निर्माता कमल गिरी हुन् भने सह–निर्माता श्रीपराजुली रहेका छन् । २६ माघबाट नेपालभर रिलिज हुने चलचित्र दर्शकको रोजाइमा पर्ने निर्माण युनिटको भनाई रहेको छ । 


निर्देशक सुरेन्द्र पौडेलले ‘कृ’ दर्शकको चाहना अनुसारको चलचित्र बनेको बताए । नायक अनमोल केसीलाई दर्शकले यो चलचित्रमा भिन्न गेटअपमा देख्न सक्नेछ उनको भनाई रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप