शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अधिनायकवादको आरोप लगाउने कांग्रेसलाई जनमतले खारेज गरिदियो: पोख्रेल

बुधबार, २७ मङ्सिर २०७४, १९ : २२
बुधबार, २७ मङ्सिर २०७४

नेपालगञ्ज– नेकपा एमालेका नेता शंकर पोखरेलले लोकतन्त्रको सच्चा हिमायती नेपालका बामपन्थी दलहरु हुन भन्ने कुरा निर्वाचन परिणामले पुष्टि गरि दिएको दावी गरेका छन् । नेता पोखरेलले बुधबार नेपालगञ्जमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । 

कार्यक्रममा बोल्दै नेता पोखरेलले नेपाली जनता प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमार्फत् राष्ट्रिय स्वाधिनता र स्वाभिमानको पक्षमा उभिएको पनि स्पष्ट पारे । उनले बामपन्थी गठबन्धनलाई अधिनायकवाद भन्ने काँग्रेसको आरोपलाई पनि जनमतले खारेज गरिदिएको पनि उल्लेख गरे । 

दाङबाट प्रदेशसभा सदस्यमा निर्वाचन हुनु भएका नेता पोखरेलले जनताले निर्वाचनमार्फत् राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिएको बाम गठबन्धन नेतृत्वको सरकार बनाएर मुलुकलाई समृद्ध बनाउन चाहेको पनि बताए ।  पोखरेलले अब मुलुक आर्थिक/सामाजिक विकास र रुपान्तरणको बाटोमा अघि बढने विश्वास पनि व्यक्त गरे ।
 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप