शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचित किरण गुरुङले घरदैलोमा पुगेर भने, – ‘प्रदेश नम्बर ४ को मुख्यमन्त्री मै हुँ’

बुधबार, २७ मङ्सिर २०७४, १९ : ३१
बुधबार, २७ मङ्सिर २०७४

किरण श्रेष्ठ
तनहुँ – तनहुँ निर्वाचन क्षेत्र २ प्रदेश सभा २ का निर्वाचित सदस्य किरण गुरुङ जनताको घरदैलोमा पुगेका छन्। यहि मंसिर २१ गते दोस्रो चरणमा सम्पन्न भएको निर्वाचनमा विश्वासको मत दिई बिजयी गराएको भन्दै गुरुङ घिरिङ गाउँपालिकाका जनताको घरदैलो धन्यवाद ज्ञापन गर्न पुगेका हुन्।

 

 एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश नम्बर ४ का संयोजक समेत रहेका गुरुङ प्रदेश ४ को मुख्यमन्त्रीका दाबेदार हुन् । प्रदेशसभा सदस्य गुरुङले केन्द्रदेखि स्थानीय तहसम्म बामपन्थीको सरकार बन्ने निश्चित भएको भन्दै अब जनतासँग गरेको विकासको प्रतिबद्धता पूरा गर्ने बताए ।

अब बामपन्थीले जनतालाइ कहिल्यै धोका नदिने बताउँदै आफू प्रदेशको संयोजक समेत भएकाले मुख्यमन्त्री आफू नै बन्ने दाबी समेत गरे।
गुरुङसँगै मुख्यमन्त्रीको लाइनमा लमजुङबाट पृथ्वी सुब्बा गुरुङ पनि रहेका छ्न् । दुबै विजयी उम्मेदवारहरु सुरुदेखि नै आफू प्रदेश ४ को मुख्यमन्त्री हुने दाबी गर्दै आइरहेका छ्न ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप