बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चुनाव जितेपछि माडी पुगेका प्रचण्डलाई जनताको भव्य स्वागत

बुधबार, २७ मङ्सिर २०७४, १९ : ३३
बुधबार, २७ मङ्सिर २०७४

चितवन । प्रतिनिधि सभा सदस्य पदमा चितवन क्षेत्र नम्बर तीनबाट निर्वाचित भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार माडी पुगेका छन् । आफूलाई अमूल्य मत दिएर विजयी गराउने मतदातालाई धन्यवाद दिन माडी पुगेका प्रचण्डलाई माडीवासीले भव्य स्वागत गरे ।

माडीको बरुवा बजारमा बुधबार आयोजित विजय सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माडीलाई मणि बनाउने प्रतिवद्धता दोहो¥याए । ‘चितवनको विकास र देशको निकासका लागि म प्रतिवद्ध छु’ प्रचण्डले भने, ‘आफ्नो अमूल्य मत दिएर मलाई विजयी गराउनु भएकोमा तपाइँहरु सबैलाई धन्यावाद दिन्छु ।’ उनले माडीमा रिङरोड निर्माण गरेर पर्यटन प्रवद्र्धनमा जोड दिइने बताए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले सभालाई सम्बोधन गर्ने क्रममा सुकुम्बासी समस्या समाधान गरिछाड्ने आश्वासन दिए । उनले नदी कटानको समस्या नियन्त्रण गरिने, जंगली जनावरबाट हुने क्षति न्यूनीकरण गर्न जंगल नजिकका क्षेत्रमा मेसजालीको बलियो बार लगाइने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप