बेबारिसे फेला परेको शिशुलाई ‘सेभ हाउस’मा
राधिका भुसाल
प्यूठान – ऐरावति गाउँपालिका ६ चुँजाठाँटी क्षेत्रमा बेबारिसे फेला परेको एक शिशु हप्ता दिन हुँदासम्म पनि कोही आफन्त सम्पर्कमा नआएपछि अहिले सेभ हाउस खलंगामा राखिएको छ ।
सडक नजिकै रहेको झ्याङमा फेला परेको शिशु करिब १ महिनाको छोरा रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख राजेन्द्र पोख्रेलले जानकारी दिएका छन् । स्थानीयवासीले बच्चा रोइरहकेको आवाज सुने लगत्तै उक्त ठाँउमा पुग्दा शिशुलाई झ्याङमा फालेको अवस्थामा फेला पारेका थिए । तुरुन्तै प्रहरीलाई खबर गरेपछि शुक्रबार राती नै प्रहरी टोली शिशु भेटिएको स्थानमा पुगी सुरक्षितसाथ जिल्ला अस्पताल विजुवारमा ल्याएको र अझै एक हप्ता सेभ हाउस खलंगामा राखेने डिएसपी पोख्रेलले बताए ।
एक हप्तापछिसम्म पनि शिशुको आमा अथवा आफन्त नभेटिएमा कुनै राम्रो मान्छे खोजेर बच्चा पालन पोषण र भविष्यको जिम्मा लागाइने उनले भनाइ छ ।
बेबारिसे फेला परेको शिशुको सामान्य उपचारपछि स्वास्थ्य अवस्था राम्रो भएको डा. समिर लामाले बताएका छन् । करिब ४ दिनसम्म म्यादी प्रहरीको सहयोगमा शिशुलाई रेखदेख गर्ने व्यवस्था मिलाइ सोही अस्पतालमै राखिएको थियो । ४ दिन बित्दासम्म कोही आफन्त सम्पर्कमा नआएको र शिशुलाई पाउडर दुध खुवाइ राखिएको डा. लामाले बताए ।
महिना दिनको शिशु यसरी फेला पर्नु कुनै अवैध सम्बन्धबाट जन्मिएको हुन सक्ने आंशका गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न सक्दैन : नेता कोइराला
-
कर्णालीमा भागबण्डा टुङ्गियाे, सामाजिक विकास मन्त्रालय माओवादीलाई
-
‘कर्णालीबारे ५ प्रतिशत पनि लेखिएको छैन’
-
लम्जुङबाट ‘भाइरल गोर्खे’को छायांकन सुरु
-
केटाको परिवारले होटलको ढोका ढकढक्याए, भित्रबाट सुनियो बच्चा रोएको आवाज
-
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष ढकाल