बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीमा अमेरिकी राष्ट्रपति ट्रम्पको पुतला दहन

शुक्रबार, २९ मङ्सिर २०७४, १६ : ४०
शुक्रबार, २९ मङ्सिर २०७४

परासी–नवलपरासीमा मुस्लिम समुदायले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुतला दहन गरेका छन् । राष्ट्रपति टम्पविरुद्ध नारा लगाउदै जिल्लाको सदरमुकाम परासीमा विरोध प्रर्दशन गर्दै पुतला दहन गरेका हुन् । 

फिलिस्तिनमा रहेको ईस्लाम धर्मको पवित्र धार्मिक स्थल बैतुल मोकद्दस (मस्जिदे अक्शा) लाई अमेरिकी राष्ट्रपति ट्रम्पले कब्जा गर्दै फिलिस्तीनी सरकारकोे राजधानी बनाउन खोजेकोमा नेपालका मुस्लिमहरुले भत्र्सना गर्दै विरोध प्रदर्शन गरेका हुन् । 

बैतुल मोकद्दस (मस्जिदे अक्शा) ईस्लामको उच्च ओहदाको एक भाग्नावशेष अर्थात पवित्र मस्जिद हो । यसै मस्जिदबाट नै ईस्लाम धर्मको धर्म गुरु पैगम्बर हुजुर मोहम्मद सलल्लाहो अलैहे वसल्लसम, अल्लाह तआलालाई भेटन गएका थिए । पैगम्बरको पालामा विश्वभरिका मुस्लिमहरु यसै मस्जिद तर्फ आफनो अनुहार फेरि नमाज पढने गर्दथे त्यसकारण ईस्लाम धर्ममा यस मस्जिदको उच्च ओहदा रहेको धर्मावलम्बीहरु बताउँछन् ।

शुक्रबार फैजाने अहले बैत संस्था नवलरासीको आयोजनामा जिल्ला भरिका मुस्लिमहरु जुटी  अमेरिकी राष्ट्रपति ट्रम्पको पिलिस्तीनी यहुदी सरकारको राजधानी बनाउने घोष्णा प्रति विरोध जनाउदै  जिल्ला प्रंशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन् ।

परासी मस्जिद टोलबाट निकालिएको विरोध ¥याली लोकतान्त्रिक चोक, बुद्धचोक, जिल्ला प्रशासन चोक हुदै पुनः बुद्धचोक स्थित कोणसभामा परिण भएको थियो । सभामा वक्ताहरुले विश्वभरि यसको विरोध भईरहेको बेला नेपलाी मुस्लिमहरु यसको विरोधमा उत्रिन आग्रह गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप