शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महिन्द्रा बोलेरो पिक–अप गाडीले ल्यायो नयाँ योजना

शुक्रबार, २९ मङ्सिर २०७४, १७ : ५६
शुक्रबार, २९ मङ्सिर २०७४

काठमाडौं–नेपालका लागि महिन्द्रा युटीलिटी भेइकलको आधिकारिक विक्रेता अग्नि अन्तर्गतको गैर नाफामूलक शाखा अग्नि फाउन्डेशनले आफ्ना ग्राहकहरुका लागि ग्राहक सेवा प्रणाली ‘उदय सदस्य योजना’ सञ्चालनमा ल्याएको छ ।

यस योजनाले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफ्ना पूराना र नयाँ ग्राहकहरुलाई आर्थिक तथा गैरआर्थिक फाइदाहरु प्रदान गर्ने कम्पनीले जनाएको छ । यो योजना आर्थिक बृद्धि तथा समग्र व्यक्तित्व विकासको लागि फलदायी रहेको कुरा शुक्रबार कम्नीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

कार्यक्रम अन्तर्गत महिन्द्रा बोलेरो पिकअपका ग्राहकहरुका छोराछोरीहरु मध्येबाट S.E.E मा उत्कृष्ट अंक प्राप्त गर्न सफल भएका २५ जना छात्रछात्राहरुलाई पुरस्कृत गरेको छ । फाउन्डेशनले यही मंसिर २९ गते नक्सालस्थित महिन्द्राको शो रुममा उत्कृष्ट हुन सफल भएका छात्रछात्राहरुलाई छात्रवृत्तिद्वारा सम्मानित गरेको हो । 
छात्रवृत्ति कार्यक्रममा अग्नि फउन्डेशनले उदय सदस्यहरुलाई रु.२ लाखको निःशुल्क दुर्घटना बीमा,लुब्रिकेन्ट तथा स्पेयर पार्ट्सहरुको खरिदमा १५ प्रतिशत छुट, निःशुल्क रुपमा मोबाइल रिचार्ज कार्ड जस्ता सुविधा समेत प्रदान गर्दै आएको छ ।

महिन्द्राले यस्ता आर्थिक सुविधाको साथसाथै सदस्यहरुलाई वार्षिक रुपमा गाडी सर्भिस क्याम्प तथा हेल्थ चेकअप क्याम्पको सुविधा पनि प्रदान गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप