शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘कृ’ ट्रेलर’: आक्रमक लुकमा देखिए अनमोल

शुक्रबार, २९ मङ्सिर २०७४, १८ : ५७
शुक्रबार, २९ मङ्सिर २०७४

काठमाडौं – अनमोल केसी अभिनित प्रतिक्षित चलचित्र ‘कृ’को ट्रेलर रिलिज गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।


निर्माण युनिटले ट्रेलरमा एक्सनका दृश्यहरु भरपुर समेटेको छ । ट्रेलर हेर्दा चलचित्रमा अनमोल एक्सन र रोमान्टिक गरि दुई चरित्रमा रहेको अनुमान लगाउन सकिन्छ । करिब ३ मिनेट लामो ट्रेलरमा अभिनेत्री अदीति बुढाथोकी अनमोलसँग रोमान्टिक अवतारमा देखिएकी छिन् ।

सुरेन्द्र पौडेलले निर्देशन गरेको चलचित्र २६ माघबाट प्रदर्शनमा आउदैछ । अनमोल केसी, अदीति वुढाथोकी, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना, अनुप विक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय चलचित्रमा देख्न सकिन्छ । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रमा चन्द्र पन्तले एक्सन दिएका छन् । 

सुवास इन्टरटेन्मेन्ट र द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको चलचित्रको कमल गिरी कार्यकारी निर्माता हुन् भने सह–निर्माता श्रीपराजुली रहेका छन् । सुवास गिरी र भूवन केसी यो चलचित्र मिलेर बनाएका हुन् । 

– कार्यक्रममा निर्माता भुवन केसीले चलचित्र निकै मिहिनेतका साथ उत्कृष्ट बनाउने कोसिस गरेको बताए । ‘केही कमजोरी भएपछि अहिले बनेको चलचित्र भन्दा ‘कृ’ धेरै माथी रहेको छ’ भुवनले भने ‘चलचित्र हेरेर कमिकमजोरी औल्याइ दिनु होला । आगामी दिनमा त्यो सुधार गर्नेछु ।’

– अभिनेता अनमोलले डेढ बर्षको मिहिनेबाट ‘कृ’ तयार भएको बताए । 
– नव अभिनेत्री अदीति बुढाथोकीले राम्रो टिम र ब्यानरसँग चलचित्र आभिनयमा डेब्यु गर्न पाएकोमा खुसी ब्याक्त गरिन् ।

– निर्माता सुवास गिरीले ‘कृ’ अहिले सम्मकै महँगो नेपाली चलचित्र भएको दाबी गरे । उनले स्तरिय बनाउन धेरै खर्च भएको बताउँदै खर्च अनुसारको चलचित्र बनेको जानकारी दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप