बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तरकारीखेती बन्दैछ महिलालाई परिवारको दरिलो आर्थिक श्रोत

शुक्रबार, २९ मङ्सिर २०७४, २० : ५३
शुक्रबार, २९ मङ्सिर २०७४

राधिका भुसाल 


प्यूठान – पछिल्लो समयमा प्यूठान जिल्लाका ग्रामीण क्षेत्रदेखि वजारिया क्षेत्रका महिलाहरु आफ्नो कमाइमा रमाउन थालेका छन् । हातमा सीप ल्याइ परिश्रम गरे जुनसुकै कार्य पनि सहज रुपमा सफल हुने र त्यसबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिने उनीहरुको भनाई छ । 


प्यूठान नगरपालिका ८ खप्रेङखोलाका अधिकांश महिलाहरु तरकारी उत्पादनमा लागेका छन् । आफ्नो श्रीमानको कमाइले मात्र परिवारको खर्चपर्च व्यवस्थापन गर्न कठिन भएपछि उनीहरुले तरकारी खेती गर्ने थालेको बताउँछन् । करिब ६ वर्ष यतादेखि तरकारी खेती गर्दै आएकी कमला पन्थीको परिवार धान्ने दरिलो आधार नै तरकारी खेती बनेको छ । 


‘७ जनाको परिवार रहेको मेरो घरमा छोरा छोरीको पठाइलेखाईदेखि विहान सांझ हातमुख जोर्न र दुख विरामी हुंदा औषधी उपचार गर्ने खर्च तरकारी विक्रीबाट हुने गरेको छ ।’ कृषक कमलाले भनिन्–‘सानोतिनो किराना पसल भए पनि त्यसबाट कमाइ नै नहुने हुँदा तरकारी बिक्री गरेर सबै खर्च चालाउने गरेकी छु ।’ सानो लगानीमा पनि उत्पादन गर्ने सकिने हुँदा करिब १ रोपनी जमिनको प्रयोग गरी मौसमी तथा बेमौसमी तरकारी फलाउदै आएको उनको भनाइ छ ।  


सोही निवासी आफूलाई एउटा सफल कृषकको रुपमा चिनाउन सफल भएकी विपना भण्डारी पनि  करिब ४ वर्षदेखि तरकारी खेतीमा रमाउँदै आएकी छिन् । साढे २ रोपनी जग्गा भाडामा लिएर ५० हजार लागानीमा सुरु गरेको तरकारी खेतीबाट बार्षिक डेढ लाख कमाइ हुने गरेको भण्डारीले बताइन् ।

‘सुरुमै एक लाख पचास हजार रकमको जग्गा भाडामा लिएर तरकारी खेती गर्न थालेको हुंँ’– सफल कृषक विपनाले भनिन्– ‘अहिले आफ्नो कमाइमा रमाउनुको मज्जा नै बेग्लै छ र आफ्नो मेहनतको कमाइ निकै प्यारो हुँदो रहेछ ।’  सानो तिनो खर्चको लागि पनि  श्रीमानसंग पैसा माग्नु पर्ने अवास्था सिर्जना हुंदा  कतिपय महिलाहरु हेपिनु परेको भण्डारीले बताइन ।  मौसमको प्रकृति अनुसार आलु, भन्टा, टमाटर, खुर्सानी, बन्दा, काउली, सिमी लगायतका तरकारी फलाउदै आएको उनको भनाइ छ । 


प्रत्येक वर्ष जिल्ला कृषि विकास कार्यालयबाट करोडौं रकम कृषकका लागि अनुदान स्वरुप खर्च गरिदै आएको छ । तर, यसरी तरकारी व्यवसायी रुपमा तरकारी खेती गर्दै आएका कृषकहरुले न त अनुदान पाएको त न क्षमता विकासका लागि राम्रो तालिम नै उनीहरुको गुनासो छ । अधुनिक कृषिखेती प्रणाली अपनाउने भनिता पनि तालिम अभावमा पुरानै शैली अपनाउँदा सोंचे जस्तो प्रतिफल पाउन नसकेको उनीहरुको बुझाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप