शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुर्घटनामा दुईको मृत्यु

शुक्रबार, २९ मङ्सिर २०७४, २१ : ३९
शुक्रबार, २९ मङ्सिर २०७४

सुरुङ्गा, (झापा) – पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको दमक र कमल गाउँपालिका जोड्ने रतुवा पुलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा आज साँझ मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा कमल गाउँपालिका– १ निवासी २९ वर्षीय दिनेश पोखरेल रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक प्रकाश जबेगुले जानकारी दिए । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ३३११ नंको बसले विपरीत दिशातर्फ आउँदै गरेको मे ७प ३८४२ नंको मोटरसाइकललाई ठक्कर दिएको प्रहरी निरीक्षक जबेगुले बताए । 

बसको ठक्करबाट मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय सन्तोष दाहालसमेत घाइते भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घाइतेको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यसैगरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकाको झिलझिले सडक खण्डमा आज साँझ मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही नगरपालिका– ८ निवासी ७२ वर्षीय कुलकुमार श्रेष्ठ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे९प २६२९ नंको मोटरसाइकलले बाटो काट्ने क्रममा पैदलयात्री श्रेष्ठलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप