शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौँबाट ३ सय १३ जना उम्मेदवारको धरौटी जफत

मङ्गलबार, ०४ पुस २०७४, १७ : ३५
मङ्गलबार, ०४ पुस २०७४

काठमाडौँ– गत मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभामा काठमाडौँ जिल्लामा ३ सय १३ उम्मेदवारको धरौटी जफत भएको छ ।  प्रतिनिधिसभातर्फ १ सय ४४ र प्रदेशसभातर्फ १ सय ६९ उम्मेदवारको धरौटी जफत भएको क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले जानकारी गराए । 

प्रतिनिधिसभामा १ सय ७१ र प्रदेशसभामा २ सय २२ जना उम्मेदवार रहेका थिए । उनले सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको घरौती जफत हुने व्यवस्थाअनुसार नै उनीहरुको धरौटी जफत भएको बताए । 

प्रतिनिधिसभातर्फ रु १० हजार र प्रदेशसभाका उम्मेदवारले रु पाँच हजार उम्मेदवार दर्ता गराउँदा शुल्क बुझाउनुपर्ने हुन्छ । काठमाडौँ जिल्लामा १० निर्वाचन क्षेत्र रहेको छ । प्रायः सबै जिल्लामा विजयपछिको निकटतम प्रतिद्वन्द्वी उम्मेदवारबाहेक सबैको धरौटी जफत भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप