सून्य भोटलाई निर्वाचन आयोगको वैधानिकता !
बुधबार, १४ असार २०७४, १८ : ५८
काठमाडौं– स्थानीय तह निर्वाचनअन्तर्गत बुधबार भएको मतदानमा सून्य भोट खसेको सोलुखुम्बुको नेटा गाउँपालिका ६ को मतदानलाई निर्वाचन आयोगले वैधानिकता दिएको छ ।
निर्वाचन आयोगका कर्मचारीहरु विहान ५ बजेदेखि समयवअधिभर नै मतदानस्थलमा रहेर प्रक्रियाअनुसार नै फिर्ता भएकोले वैधानिकता दिइएको आयोगले जनाएको छ ।
स्थानीय तह पुनःसंरचना आयोगले प्रतिवेदनप्रति असन्तुष्टी जनाउँदै स्थानीयले मतदान बहिष्कार गरी सून्य मतदान गराएका थिए । आयोगले बुधबारको मतदान कार्य सम्पन्न भएपछि पत्रकार सम्मेलन गरी मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ ।