शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भर्खरै सम्पन्न निर्वाचनबारे कार्टर सेन्टरले दियो यस्तो प्रतिक्रिया

शुक्रबार, ०७ पुस २०७४, १४ : २१
शुक्रबार, ०७ पुस २०७४

काठमाडौँ– कार्टर सेन्टरले नेपालमा हालै सम्पन्न निर्वाचन प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्डअनुरुप भएको टिप्पणी गरेको छ ।  आज प्रकाशित एक विज्ञप्तिमा सेन्टरले प्रथम र दोस्रो चरण निर्वाचनमा विभिन्न २७ जिल्लामा निर्वाचन पर्यवेक्षण गर्ने अवसर पाएको र खटिएका पर्यवेक्षकले राम्रो नै पहुँच पाएको उल्लेख गरेको छ । 

तर केही मतदान केन्द्रमा पर्यवेक्षकको पहुँचमा कडाइ गरिएको तथा निर्वाचन प्रक्रियाको पारदर्शीतामा कमी देखिएको पाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

दुई चरणमा निर्वाचन गर्ने सरकारको निर्णयले पहिलो चरणको निर्वाचन परिणामलाई १० दिन परिणाम ढिलो गर्ने आशय देखिएको र जसका कारण मतदातामा आक्रोश पैदा भएको देखिएको छ । 

प्रथम चरणको निर्वाचनलगत्तै निर्वाचन आयोगले आधिकारिक मतगणनासम्बन्धी थुप्रै निर्देशन जारी गरेको तर अधिकांश मतदान अधिकृतले यसको पूरै बेवास्ता गर्दै मतगणना प्रक्रियामा राजनीतिक दलका एजेण्टसँग सहमति गर्ने बाटो अवलम्बन गरेको पाइयो । 

सन् १९८२ मा स्थापना भएको कार्टर सेन्टरले विश्वका ८० मुलुकमा द्वन्द्व समाधान गर्ने, मानव अधिकार, आर्थिक अवसर तथा स्वास्थ्य क्षेत्रको सुधारमा सहयोग गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप