बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रुचाइयो अनमोलको ‘कृ’ ट्रेलर

बुधबार, १२ पुस २०७४, ११ : १८
बुधबार, १२ पुस २०७४

काठमाडौं –अभिनेता अनमोल केसी अभिनित पछिल्लो चलचित्र ‘कृ’को ट्रेलर दर्शकले मन पराएका छन् । नेपालको नम्बर १ ट्रेन्डिङमा बसेको ट्रेलरमा कमेन्ट पनि धेरै आएको छ । एकसाता पहिले रिलिज गरिएको ट्रेलर अहिलेसम्म १५ लाख बढीले हेरिसकेका छन् ।
सुरेन्द्र पौडेलले निर्देशन गरेको चलचित्रको ट्रेलर हिट भएपछि अब क्लब गीत सार्वजनिक गर्ने तयारीमा निर्माण टोलीले गरेको छ ।चलचित्रमा समावेश ‘यति यति पानी गंगै रानी’ बोल रहेको गीत डिसेम्बर ३१ तारिखमा रिलिज गरिनेछ । अंग्रेजी नयाँ बर्षको शुभकामना स्वरुप गीत सार्वजनिक गर्न लागिएको निर्माण टोलीले बताएको छ ।
यो गीतमा अनमोल केसी क्लबमा नाचेका छन् । रेनशा वान्तवा राइले कोरियोग्राफी गरेको गीतलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।
यो गीतमा अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर, मिस्टर आरजेकै शब्द तथा संगीत छ । सुवास गिरी र भूवन केसीले मिलेर बनाएको चलचित्रका कार्यकारी निर्माता कमल गिरी हुन् । श्री पराजुली फिल्मका सह–निर्माता हुन् ।
सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । २६ माघबाट यो चलचित्र रिलिजमा आउदैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप