बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

के भन्छन् चुनावमा भाग लिएका मधेसी युवा ?

बिहीबार, १५ असार २०७४, ११ : ३१
बिहीबार, १५ असार २०७४

विराटनगर–५ र ७ नम्बर प्रदेशमा जस्तै  १ नम्बर प्रदेशको चुनाव पनि बुधबार उत्साहप्रद ढंगबाट सम्पन्न भएको छ ।  चुनावमा एकसय तीन वर्षको बृद्धादेखि १९ वर्षका युवा तनेरीहरु चुनावमा उत्साहित भएर भाग लिए । 

त्यसमा  युवाहरु नै उत्साहित भएर चुनावमा भाग लिएका थिए । खासगरि तराई मधेशका जिल्ला जहाँका युवाहरु विगत दशवर्ष देखि आन्दोलन गर्दै आएका छन्– उनीहरुले पनि चुनावमा भाग लिएका छन् । तर उनीहरुको मतमा उही तुफान पाइएको छ ।
 
बुधबार मोरङ जिल्लाका विभिन्न मतदान केन्द्र पुग्दा हामीले केही मधेशी युवासँग कुरा गरेका थियौं जो यसअघिको आन्दोलनमा सहभागि थिए । 
हंसराज यादवले भने, ‘२० वर्षपछि हुन लागेको स्थानीय तहको चुनावमा भाग लिएका हौं तर यसले मात्र मधेशको समस्या समाधान हुँदैन ।’

मधेश आन्दोलनको एउटा उपलब्धी चुनाव पनि हो, त्यसैले यसलाई संस्थागत गर्नुपर्ने बताउँदै यादवले भने, ‘हाम्रो आन्दोलन जारी छ, आन्दोलन रोकिएको छैन, हाम्रो माग पूरा नभएसम्म आन्दोलन रोक्दैनौ ।’

२१ वर्षीया सत्रुधन कापरले भने, ‘यो स्थानीय चुनावले मात्र मधेशीमाथि भइरहेको विभेद अन्त्य हुँदैन, वास्तविक रुपमै भेदभाव हट्नुपर्छ ।’ 


विभेदमा परेका मधेशी जनता आन्दोलन गर्न तयार रहेको भन्दै उनले जबसम्म अधिकार प्राप्त हुँदैन तबसम्म लडाई लड्ने आँट मधेशी जनतामा रहेको कुरा पटक पटक पुष्टि भइसकेको तर्क गरे । 

केही समय पहिले मात्र विराटनगरको चोकचोकमा टायर बालेको तथा ढुगां प्रहार गरेको हातले नै बुधबार स्थानीय तहको चुनावमा भाग लिएर मतदान गरेका हुन् । 


२३ वर्षीया श्रवण महतोले मधेशमा धेरै समस्या रहेको भन्दै चुनावले समस्याको समाधान हुने विश्वास व्यक्त गरे । 

 ‘चुनावमा भाग लियौं भन्दैमा मधेश शान्त भयो भनि बुझ्नु गलत हो,’ महतोले भने, ‘स्थानीय तहको चुनावमा जितेकाहरुले पनि मधेशको विकास र त्यसमाथि रहेको विभेद हटाउन भुमिका खेल्नुपर्ने हुन्छ नत्र आज भोट लिएर जित्ने फेरि पाँचवर्षसम्म फर्केर नहेर्ने जस्ता कार्य गरे मधेशीले विद्रोह गर्छ ।’

विराटनगर १४ कि २२ वर्षीया खुश्वु यादवले स्थानीय स्तरमा धेरै समस्या रहेको र त्यसलाई जितेकाहरुले समाधान गर्नुपर्ने उल्लेख गरिन् । 

मधेशमा शिक्षा, स्वास्थ्य र वेरोजगारी समस्या रहेको बताउँदै उनले विराटनगरमा बाटोघाटो, विजुली, खानेपानीको समस्या रहेको बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप