मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पोर्न स्टार मिया खलिफाले यी ठिटोलाई हानिन् ‘दह्रो मुक्का’, कारण यस्तो

बिहीबार, १५ असार २०७४, १२ : ०७
बिहीबार, १५ असार २०७४

मिया खलिफासँग सेल्फी लिँदा यी व्यक्तिले ठूलै मूल्य चुकाउनु परेको छ ।

टेक्सासका सान एन्टोनियाका यी पुरुषले पूर्व पोर्न स्टार खलिफाको अनुमती बिना नै सेल्फी लिएका थिए जसका कारण मियाले २० वर्षे ठिटाको मुखैमा ‘दह्रो मुक्का’ हानेकी थिइन् । तर उनलाई मियाको मुक्काले केही फरक पारेको जस्तो देखिँदैन ।

@FourthTigerClaw ट्वीटर ह्यान्डलमार्फत ती युवकले मिया खलिफाले नचाहेको तस्बिर र मुक्काका कारण अनुहारमा बसेको निल डामसहितको तस्बिर पोष्ट गरेका छन् ।

‘मिया खलिफासँग फोटो खिचें र उनले मलाई मुखमा मुक्का हानेकी छिन्,’ उनले लेखेका छन् ।

मंगलबार रातीसम्म उनको ट्वीटलाई ९ हजारले लाइक गरेका छन् भने ३ हजार ७ सय पटक रिट्वीट भएको छ ।

खलिफाका अरु प्रशंसकले भने उनीसँगको आफ्नो तस्बिर पोष्ट गरेर केही चोटपटक नलागेको भनी मजाक गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप