शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेटमा खेलीखेली आम्दानी

शनिबार, १५ पुस २०७४, ११ : ०७
शनिबार, १५ पुस २०७४

द्रोण पराजुली , सिइओ, वेब बैंक नेपाल प्रालि

सूचना प्रविधिले विश्वलाई ग्लोबल भिलेज बनाउँदै छ । लाखौँ नेपाली सामाजिक सञ्जाल तथा इन्टरनेटमा अभ्यस्त भइसकेका छन् । उसो त प्रायजसोले इन्टरनेट तथा सामाजिक सञ्जाललाई सूचना र मनोरञ्जनको रूपमा प्रयोग गरेको पाइन्छ । तर, यति मात्र नभएर व्यवस्थित ढंगले व्यक्तिगत वेबसाइट निर्माण गरी सञ्चालन गरेमा आम्दानीसमेत गर्न सकिन्छ । यसै पनि सूचना प्रविधिको विकाससँगै व्यक्तिगत वेबसाइट प्रतिष्ठित मानिसका लागि आवश्यक भइसकेको छ । व्यक्तिगत वेबसाइट सञ्चालन गरेर आयआर्जन गर्ने विधि यस्ता छन् :

यसरी हुन्छ आम्दानी
वेब कन्टेन्टहरूको व्यवस्थित तथा योजनाबद्ध लेखन गरी अंग्रेजी कन्टेन्टलाई वेबसाइटमा राख्दा आर्थिक रूपमा पनि लाभ लिन सकिन्छ । त्यसका लागि गुगल एड सेन्स एप्रुभ लिनुपर्दछ । वेबसाइटमा राखेका कन्टेन्टले सर्च इन्जिनमा निर्वाह गरेको भूमिकाअनुसार व्यक्तिले गुगलबाट औसत ५ सयदेखि ३ हजार डलरसम्म आर्जन गर्न सक्छ । जसका लागि सिर्जनशील र रचनात्मक लेखहरू पोस्ट गर्दा राम्रो हुन्छ ।

पछिल्लो अवस्थामा व्यक्तिगत वेबसाइटबाट आयआर्जन गर्ने अर्को उपाय हो, फेसबुक इन्स्ट्यान्ट आर्टिकल एप सेवा । यस्तो सेवा प्रमाणीकरण गर्नका लागि कम्तीमा १० वटा सिर्जनशील लेखलाई फेसबुक पेजमार्फत सेयर गर्न आवश्यक छ । उक्त लेखन सामग्रीको भिजिटर बढाउँदै लग्नुका साथै फेसबुकले दिने विज्ञापन क्लिक हुने वातावरण सिर्जना भएमा पनि मासिक ३ सयदेखि ३ हजार डलरसम्म कमाउन सकिन्छ ।

आफ्नो विशेषज्ञताबाट ‘की वर्ड’ (चाबी शब्द) सेटिङ गरी आम्दानी गर्न सकिन्छ । जस्तै– वेबसाइटमा आफ्नो विशेषज्ञता प्रदर्शन गर्न सकिन्छ र विभिन्न मान्छेले त्यससम्बन्धी सामग्री खोज्न सर्च इन्जिनमा जाँदा तपाईंको वेबसाइट अगाडि आउँछ । जसबाट काम लिन सजिलो पर्छ । यसरी ५ सयदेखि १ हजार डलर औसतमा आम्दानी गर्न सकिन्छ ।

त्यस्तै, आधिकारिक युट्युब च्यानलको निर्माण गरी वेबसाइटसँग कनेक्ट गरेर युट्युब सस्क्राइबरको वृद्धि गर्न सकेमा पनि आम्दानी गर्न सकिन्छ । त्यसका लागि प्रमाणित एड सेन्स खातालाई च्यानलसँग लिंक गरी आकर्षिक भिडियो कन्टेन्टहरू निर्माण गर्न सकिन्छ । नेपालमा यसरी २ सयदेखि १० हजार डलरसम्म आम्दानी गरेका छन् ।

व्यक्तिगत वेबसाइटलाई दिनमा तीन घन्टा मात्र समय दिन सकेमा लाखौँ रुपैयाँ आम्दानी गर्ने सम्भावना रहन्छ । तर, यसका लागि सिर्जनशील तथा आकर्षक सामग्रीको भने आवश्यक पर्छ ।

व्यक्तिगत वेबसाइटको लोकप्रियतासँगै राम्रा सेवा तथा उत्पादनको आकर्षक डिजाइन गरी डिस्प्लेमा विज्ञापन राख्न पनि सकिन्छ । त्यसका लागि विज्ञापनदातासँग मासिक तथा वार्षिक सम्झौता गर्न सकिन्छ ।

व्यक्तिगत वेबसाइट किन ?
डिजिटल प्रोफाइललाई अनलाइन सफ्टवेयरमार्फत व्यवस्थित गर्नका लागि व्यक्तिगत वेबसाइटको अवश्यकता पर्छ ।

आफ्नो सिर्जना, सोच, योजना, लेख, जीवनवृत्त, फोटो, भिडियो, पिडिएफको व्यवस्थित र एकीकृत भण्डारण गर्न पनि यसको अवश्यकता छ ।

आफ्नो वेबसाइट भएमा निश्चित सामग्री आवश्यक परे सही र सजिलो तरिकाले प्रयोग गर्न सकिन्छ ।

गुगल तथा सर्च इन्जिनमा आफ्नो सूचना तथा जानकारी अद्यावधिक गरी आफ्ना समर्थक, पाठक, दर्शक, फ्यान, फलोअरलाई जानकारी दिन पनि यो उपयोगी बन्छ ।

समयको बचत गरी आफ्नो विवरणबारे व्यवस्थित र भरपर्दो मार्केटिङ तथा प्रचार
प्रसार गर्न ।

वेब सञ्चालन टिप्स 
वेबसाइटलाई महत्वपूर्ण र आवश्यक माध्यमको रूपमा महसुस गर्नुपर्छ र त्यहीअनुसारको मिहिनेत गर्न आवश्यक छ ।

वेबसाइट सञ्चालनपछि पनि आइटी कम्पनी तथा व्यवसायीसँग परामर्श, तालिम र सल्लाह गर्न आवश्यक हुन्छ ।

वेबसाइटलाई दैनिक रूपमा निश्चित समय छुट्याउनुपर्छ ।

विभिन्न खोज तथा अनुसन्धान तथा अध्ययन गरी पठनीय सामग्री सम्प्रेषण गर्नुपर्छ ।

सामाजिक सञ्जालको भरपुर प्रयोग गरी फेसबुक लाइक, ट्विटर फलोअर, जिप्लस सर्कल साथै सर्च इन्जिनमा स्थापित गर्ने योजना लिएर अगाडि बढ्नुपर्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप