सौराहा पर्यटकले भरिभराउ
रत्ननगर– पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा अंग्रेजी नयाँ वर्ष २०१८ का कारण पर्यटक भरिएका छन् । यहाँ रहेका ११० होटल आन्तरिक पर्यटकले भरिएका क्षेत्रीय होटल संघ चितवन, सौराहाका महासचिव राममणि खनालले जानकारी दिए । “करिब करिब १५/२० प्रतिशत बाह्य पर्यटक छन्, खनालले भने, अरु सबै आन्तरिक पर्यटकले होटल भरिभराउ भयो ।”
आइतबार साँझ आएका कतिपय पर्यटकलाई कोठा पाउनसमेत समस्या परेको व्यवसायीले बताएका छन् । बाह्य पर्यटकमा भारतबाट धेरै आएका छन् । अन्य तेस्रो मुलुकका पर्यटक भने न्यून छन् ।
सौराहामा सुविधायुक्त ११० होटलमा दैनिक दुई हजार ८०० पर्यटक राख्न सकिने क्षमता छ । अंग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटक गएराति १२ बजेसम्म सौराहामा विभिन्न सांगीतिक कार्यक्रमको रमाइलोमा भुलेका थिए । रामचन्द्र काफ्ले, जुनु रिजाल, डिवी लोप्चनलगायतले गीत गाएर मनोरञ्जन गराएका थिए ।
गएराति सौराहाको राप्ती किनारमा रहेको पव रेष्टुरेन्ट पर्यटकले खचाखच थियो भने यहाँका ठूला होटल आफैँले पनि सांगीतिक कार्यक्रम आयोजना गरेर पर्यटकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
सौराहाका पर्यटन व्यवसायी ऋषि तिवारीले पुस ११ गतेदेखि शुरु भएको चितवन हात्ती महोत्सवदेखि नै पर्यटकको चहलपहल बढेकोमा आइतबार भने पर्यटक नयाँ वर्ष मनाउन सौराहामा बढी पर्यटक आएको बताए ।
सौराहामा यसपालि नयाँ वर्ष विशेष सांगीतिक कार्यक्रमसमेत राखिएको थियो । पर्यटकले कार्यक्रममा भरपुर मनोरञ्जन लिए । सौराहाका पर्यटन व्यवसायी तथा चितवन भिलेज रिसोर्टका सञ्चालक राजेन्द्र भण्डारीले नयाँ वर्षमा आन्तरिक पर्यटकको उल्लेख्य उपस्थिति रहेको बताए ।
काठमाडौँबाट अंग्रेजी नयाँ वर्ष मनाउन आएका प्रणव सुवेदीले यसपटक सौराहामा साह्रै रमाइलो भएको प्रतिक्रिया दिए । मुख्य गरी सौराहामा आउने पर्यटक हात्ती, डुंगा, जिप सफारी गरेर चितवन निकुञ्जमा रहेको गैँडा, बाघलगायत जंगली जनावर हेर्न मन पराउँछन् । वन्यजन्तु पर्यटनका हिसाबले चितवन नेपालकै पहिलो गन्तव्य हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी
-
टेभेज अस्पतालबाट डिस्चार्ज
-
‘स्टक एनालिटिक्स सफ्टवेयर’ : सेयर कारोबारमा नयाँ आयाम
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
-
एम्बाप्पेको कीर्तिमानमा लिग उपाधिबाट पीएसजी मात्र एक कदम टाढा