शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुजुकी २ पाङग्रेको नयाँ शोरुम माहादेवबेशीमा

सोमबार, १७ पुस २०७४, १६ : ५९
सोमबार, १७ पुस २०७४

धादिङ– सुजुकी मोटर कर्पोरेशन नेपालका लागि आधिकारीक आयतकर्ता भिजी अटोमोबाईल्स प्रा.लिले धादिङको माहादेवबेशीका लागि आधिकारिक बिक्रेता ट्रयाक्टर ईन्जिनियरिङ प्रालि मार्फत नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन थाक्रे गाँउपालिका प्रमुख रामकुमार आचार्यले गरेका हुन् ।

सो अबसरमा आचार्यले यस क्षेत्रलाई लक्षित गरि बिक्री सहितको नयाँ शाखा संचालनपछि बाईक /स्कुटर खरिद गर्न, मर्मत गर्न राजधानीसम्म धाउनु पर्ने बाध्यताबाट मुक्ति मिलेको भन्दै संचालक सुरज थापालाई  बधाई दिए ।

शोरुम सुभारम्भका अवसरमा कम्पनीले कुनै पनि बा्रण्डका पुराना बाईक वा स्कुटरको न्यूनतम मुल्याङ्कन २५००० गरिने र नगद खरिदमा १०००० छुटका साथै तेस्रो पक्ष बिमा निशुल्क ब्यवस्था गरेको छ ।

कम्पनीका एक्सचेन्ज म्यानेजर राजन श्रेष्ठका अनुसार हाल नेपाली बजारमा सुजुकीका जिक्सर सिरिज, हयाते, एक्सिस स्कुटर तथा लेट्स स्कुटर उपलब्ध छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप