बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सुस्मिताका कारण लन्डन अवार्डमा गएनन् भुवन र अनमोल

बिहीबार, १५ असार २०७४, १६ : ०८
बिहीबार, १५ असार २०७४

काठमाडौं – अभिनेता भुवन केसी र उनका छोरा युवास्टार अनमोल केसीको  सहभागिता रहने कारणले चर्चामा थियो –लण्डमा आयोजना हुने ‘फिल्म फेयर अवार्ड २०१७’ । 


तर यी दुबै कलाकार उक्त अवार्डमा सहभागी नहुने भएका छन् । अन्तिम समयमा आएर भुवन र अनमोलले अवार्डमा सहभागीता जनाउन रद्द गरेका हुन् । 


अवार्ड समारोह बेलायतको लन्डनमा १७ असारमा आयोजना हुँदैछ । भुवनले उक्त कार्यक्रममा पत्नी अभिनेत्री सुमिता केसीका कारणले रद्द गरेका हुन् । बाबु भुवनको कार्यक्रममा सहभागीता नरहने भएपछि अनमोलले पनि अवार्डमा सहभागी हुने आफ्नो कार्यक्रममा क्यासिन्ल गरेका छन् । 


‘मैले अवार्ड आयोजक आर.के सुवेदीलाई पहिलै भनेको थिएँ । सुस्मिता जान्छिन् भने म जान्न भनेर’ भुवनले भने ‘आर.केले उनी नजाने बिस्वास दिलाएकाले जान तयार भएको थिए ।’ अन्तिम समयमा सुस्मिता जाने थाहा पाएर आफुले जाने कार्यक्रम रद्द गरेको भुवनले खुलाए । ‘सुस्मिता सहभागी हुने कार्यक्रममा म आफुलाई कम्फटेवल महशुस महशुस गर्दिन’ भुवनले थपे । 


बक्स अफिस फिल्म क्लव नेपालले लन्डनस्थित थर्ड आइ टिमसँग मिलेर आयोजना गर्न लागेको अवार्डका लागि करिब तीन दर्जन बढि कलाकार बुधबार लन्डन उडेका छन् । भुवन र अनमोल पनि सँगै उड्ने कार्यक्रमा थियो । 


३२ बिधा समेटिएको अवार्डमा अनमोल, भुवन सहित उनको चलचित्र ‘ड्रिम्स’ समेत नोमिनेसनमा परेको छ । उता लन्डनस्थित थर्ड आइ टिमले भने अभिनेता अनमोल अवार्डमा सहभागी हुने प्रचार गरिरहेको छ ।


सुस्मिता भुवनकी कान्छी पत्नी तथा अनमोलकी आमा हुन् । घर छोडेर एक्लै रहदै आएकी सुस्मिता देखिने बिदेशका मात्र होइन स्वदेशका कार्यक्रममा पनि भुवन सहभागी हुदैनन् । अनमोलको भने आमासँग राम्रो सम्बन्ध छ । बुबाको चलचित्र ‘कृ’ अभिनयरत अनमोलले यो चलचित्रलाई असर पुग्ने देखेर अवार्डमा सहभागी नजनाएको भुवनले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप