शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काङ्ग्रेसभित्र मौलाएको काङ्ग्रेसीपना

शनिबार, ०६ जेठ २०७४, ०९ : १७
शनिबार, ०६ जेठ २०७४

मैले देखेको मेरो पुस्ता काङ्ग्रेस नै हुन् । मेरा हजुरबुबा र बुबा काङ्ग्रेस नै हुन् । अहिले पनि मेरा मान्यजन, गरू, आफन्त अधिकांश काङ्ग्रेस नै छन् । ममा उहाँहरूप्रति सादर, सम्मान एवं नमन यथावत नै छ । मैले कहिल्यै पनि उहाँहरू काङ्ग्रेस हो भनेर मन नपराएकै छैन । अर्थात् कोही पनि काङ्ग्रेस भन्दैमा मैले उसलाई मन नपराउने होइन ।

काङ्ग्रेसमा लागेका धेरै मान्छेहरूलाई म मन पराउछु पनि । काङ्ग्रेसमा लागेका धैरै मान्छेहरुसँग मेरो उठवस छ, साँठगाँठ छ, नाता सम्बन्ध छ, माया छ, दोस्ती छ र सामाजिक सम्बन्ध छ । साँच्चै भन्नुपर्दा मेरो जीवन काङ्ग्रेसमा लागेका मान्छेहरूसँगको साथ र सङ्गतविना अहिलेसम्म चलेकै छैन । मैले काङ्ग्रेसमा लागेकाहरू बाट धेरै सहयोग र शुभेक्च्छ्या पाएकै छु । त्यसैले यो लेखिरहँदा उहाँहरूप्रति कुनै ठेस पुग्छ कि भनेर धेरै सेचेकै छु ।

तर इमानदार भएर भन्नु पर्दा म अहिले आएर चाहिँ काङ्ग्रेस रहिन । यसके मतलब के हो भने म काङ्ग्रेस नै हुनुपर्छ भन्ने पनि छैन । किनकि अहिले बहुदल अएको छ । अनि म काङ्ग्रेस भइन भन्दैमा काङ्ग्रेसको विरोध गर्नुपर्छ भन्ने पनि छैन । मैले यहाँनेर काङ्ग्रेसको विरेध गर्न खेजेको पनि हेइन । फरक मत राख्न खोजेके चीज चाहिँ काङ्ग्रेसीपनाको हो, जुन काङ्ग्रेसकै राजनीतिक दैरानमा नेपाली समाजमा जन्मेको हो ।

काङ्ग्रेस र काङ्ग्रेसीपनका बीचमा धेरै फरक छुट्याउन सकिन्छ । काङ्ग्रेसीपना सबै काङ्ग्रेसजनमा हुने गुण होइन तर अधीकांश हुनेखाने वर्गमा भएको अवगुण नै हे भनेर भन्न सकिन्छ । सबै काङ्ग्रेसमा यो गुण हुन्छ भन्ने छैन तर काङ्ग्रेसबाहेक अरूमा पनि यो गुण देखिन सकिन्छ । अहिले आएर त यो गुण अरूमा पनि हाबी नै भइसक्यो जस्तो पनि लाग्छ ।

साच्चै काङ्ग्रेसीपना मलाई सानैदेखि पनि मन परेन । मेरो विरोध काङ्ग्रेससँग भन्दा काङ्ग्रेसीपनासँग चर्कै छ । काङ्ग्रेस एउटा पार्टी हो, एउटा विचार हो, एउटा राजनीतिक शक्ति हो र म यो रूपमा अरू पार्टी जत्तिकै मान्छु । तर काङ्ग्रेसीपना मैले सानैदेखि नेपाली समाजमा देखेको एउटा सकस हे । भोगेको एउटा तीतो यथार्थ र एउटा उकुसमुकुस नै हो काङ्ग्रेसीपना । विपन्नतामै हुर्केको हुँदा मैले काङ्ग्रेसीपनाका धेरै उदहारहणहरू दिन सक्षम भएको छु । हाम्रो समाजमा काङ्ग्रेसीपनाका धेरै उदहारणहरू अहिले पनि व्यप्त छन् ।

सीधा भन्नुपर्दा एउटा सम्भ्रान्त वर्गले विपन्न वर्गमाथि गरेको थिचोमिचो नै हो काङ्ग्रेसीपना । काङ्ग्रेसीपनाले एउटा हुकुमत भएर नेपाली समाजमा जरो गाड्यो । एउटा कथित उपल्लो जातले दलितलाई गरेको व्यवहार, धनीले गरिबलाई गरेको व्यवहार, पढेकाले नपढेकोलाई गरेको व्यवहार, बलियोले निर्धाेलाई गरेको व्यवहार, जान्नेले नजान्नेलाई गरेको व्यवहार आदि काङ्ग्रेसीपनाका उदहारण हुन् ।

तर प्रश्न के छ भने यी सबै कुरालाई किन काङ्ग्रेसीपना भन्ने ? हो, यो कुरा हामीले अलि खुल्ला दिमागले स्वीकार्नुपर्ने नै हुन्छ । नेपाली समाजमा लामो समयदेखि काङ्ग्रेसकै पालामा, काङ्ग्रेसकै नेतृत्वमा यी कुराहरू हाबी भए र यसलाई मलजल गरियो । मान्छेहरूको बीचमा खाडल जन्म्यो र सम्पन्न वर्ग जति काङ्ग्रेस हुन् भन्ने भ्रम फैलियो । ममा पनि सानैदेखि यही बुझाइ रह्यो ।

काङ्ग्रेसीपनाका अवगुणहरू भनेको लुच्याइँ, चाप्लुसी, सोझा मान्छेलाई झुक्याउने, दबाउने प्रवृत्तिहरू हुन् । यो हाम्रो समाजमा ज्वलन्त छ र धेरै काङ्ग्रेसीहरू यसलाई अनुशरण गरैकै छन् । कुशल राजनीति गरेर नेतृत्वर्गमा पुगेका काङ्ग्रेसहरू सबैमा यो अवगुण छैन होला । यद्यपि गाउँघरका छोटामोटा काङ्ग्रेस नेताहरूमा चाहिँ छ काङ्ग्रेसीपना ।

हाम्रो समाजमा देखिएको यो काङ्ग्रेसीपना अब काङ्ग्रेसीहरूले नै हटाउनु जरूरी छ । अब स्थानीय निकायदेखि राष्ट्रिय तहसम्म काङ्ग्रेसका नेता कार्यकर्ताले यसलाई मनन गरेर समाजमा अफ्ने छवी सच्याउन जरूरी छ । काङ्ग्रेस यो चुनावी यामदेखि नै यसलाई सुधारेर अगाडि बढ्न सकोस् र समाजमा राम्रो छवी बनाओस्, यसैमा सबैको हित हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गोपाल सिग्देल
गोपाल सिग्देल

सिग्देल राजनैतिक विषयमा दख्खल राख्दछन् ।

लेखकबाट थप