बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

झुटको खेती गर्दिन बोलेको बचन पुरा गर्छु : कृष्णकुमार श्रेष्ठ

बुधबार, १९ पुस २०७४, ०९ : ०५
बुधबार, १९ पुस २०७४

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभाका नवनिर्वाचित सांसद कृष्णकुमार श्रेष्ठ किसानले झुटको खेती नगर्ने बताएका छन् ।

जनतासामू बोलेको बचन पुरा गरेरै छाड्ने श्रेष्ठको प्रतिवद्धता छ । सोमबार व्यास नगरपालिका वडा नं ४, १० र ११ का बासिन्दाहरुलाई बधाई तथा शुभकामना दिन घरदैलो अभियानमा पुगेका सासद श्रेष्ठले सो कुरा बताएका हुन् । 

निर्वाचनपछि आफ्नो आफू अस्वस्थ्य भएका कारण चाहेको समयमा जनता समक्ष आउन नसकेको उनले बताए । 

श्रेष्ठले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रतिनिधिसभाको निर्वाचनमा पराजित गर्दै सांसदमा निर्वाचित भएका हुन् ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला नेताहरु श्रीराम कार्की, भगवती न्यौपाने, माओवादी केन्द्रका प्रतिनिधि गोपाल सुर्खाली लगायतको  सहभागिता थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप