शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुलेगौंडा बजार इकाईको सभापतिमा वाग्ले र उपसभापतिमा श्रेष्ठ विजयी

बुधबार, १९ पुस २०७४, ०९ : ४२
बुधबार, १९ पुस २०७४

तनहुँ - उद्योग वाणिज्य संघ दुलेगौंडा बजार इकाईको सभापतिमा राजकुमार वाग्ले निर्वातिच भएका छन् । इकाईको बुधबार भएको १० औं अधिवेशनले वाग्लेको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । बुधबार भएको निर्वाचनमा वाग्लेले २५३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नारायण कुमार श्रेष्ठले २०० मत ल्याए । 

उपसभापतिमा २६० मत ल्याएर टिकाराम श्रेष्ठ विजयी हुदाँ उनका प्रतिष्पर्धी मित्रबन्धु पौडेलले १८६ मत पाए । कोषाध्यक्षमा २४५ मतसहित बिनोद कुमार मल्ल विजयी भए । उनका प्रतिष्पर्धी झ्यामकुमारी थापाको पक्षमा २०५ मत खस्यो। जिल्ला प्रतिनिधिमा भने प्रगतिशिलका उम्मेदवार पुर्णकुमार श्रेष्ठ २३७ मतसहित विजयी भएका छन् । उनका प्रतिष्पर्धी ठान प्रकाश न्यौपानेले २०६ मत पाए ।

सदस्यमा प्रगतिशिलका ५ र लोकतान्त्रिक प्यानलका ३ जना विजयी भएका छन् । सदस्यहरुमा वाग्ले प्यानलबाट हरि बहादुर खड्का २९७ मत, शिव पौडेल २८० मत, शिव गर्तौला २५३ मत, प्रदिप थापा २४९ मत, सुमन सापकोटा २२८ मत ल्याई विजयी भए । 

लोकतान्त्रिक प्यानलबाट सुन्दर श्याम मल्ल २८० मत, विधान गुरुङ २६२ मत र ईश्वर कुमार श्रेष्ठ २२४ मत पाएर विजयी भए । त्यसैगरि सचिव भने नयाँ कार्यसमितिले पछि मनोनित गर्ने छ । इकाईको कुल ५ सय ५ मतदाता रहेकोमा ४ सय ७१ मत खसेको थियो ।

यसअघि इकाईको २२ औं वार्षिक साधारणसभा एवम् १० औं अधिवेशनमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ४ का उपाध्यक्ष एवम् तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णराज पण्डितले जिल्लामा रहेका १२ वटै इकाईलाई आर्थिकरुपमा सबल बनाउदै व्यसायीक हितको हुने काम गर्नुपर्ने बताए ।

शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सविता रसाईलीले स्थानीय तह सञ्चालनका लागि व्यवसायीको महत्वपूर्ण भूमिका रहने तर्फ ध्यानाकर्षण गराइन् ।

कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मंगलप्रसाद श्रेष्ठ, पूर्व प्रथम उपाध्यक्ष इश्वर विष्ट, पूर्व उपाध्यक्ष मानकाजी श्रेष्ठ, वर्तमान महासचिव वैकुष्ठ मिश्र, कोषाध्यक्ष कृष्णकुमार श्रेष्ठ, दुलेगौडा इकाईका संस्थापक सभापति वशन्त ज्वारचन, शुक्लागण्डकी नगरपालिका वडा नं. ४ का अध्यक्ष शिवकुमार श्रेष्ठ, शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनाल लगायतले व्यसायिक हकहितका साथै बजार प्रवद्धनका कार्यक्रम गर्न सुझाव दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप