बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कैलाश र सुमार्गीको दुवईमा गोप्य भेट !

बुधबार, १९ पुस २०७४, ०९ : ५१
बुधबार, १९ पुस २०७४

काठमाडौं–कान्तिपुरका मालिक कैलाश सिरोहिया र थाहा संचारका मालिक अजय सुमार्गीवीच कुन तहको विवाद रहेछ भन्ने पछिल्लो पटक सुमार्गीले प्रशासनमा ज्यानको खतरा रहेको भन्दै दिएको उजुरीले प्रष्ट पारेको छ ।

तर, कैलाशबाट जिउधनको सुरक्षा खतरा रहेको भन्दै प्रशासनमा निवेदन दिएका सुगार्मी र कैलाशबीच गोप्य वार्ता भएको समाचार आजको जनआस्था साप्ताहिकले लेखेको छ । पत्रिकाले जनाए अनुसार उनीहरुबीच दुवईमा रातभर संवाद भएको छ । 

पत्रिकाका अनुसार फ्लाई दुवईको जवाजबाट सुमार्गी पुस १३ गते दुवई गएको र त्यसको अर्को दिन कैलाश पनि सोही उडानबाट त्यहाँ पुगेका थिए । कैलाश त्यहाँ पुगेपछि दुईबीच भेट भएको समाचारमा उल्लेख छ । सुमार्गी १५ गते काठमाडौं फर्केका छन् भने कैलाश भने अझै उतै रहेको पत्रिकाले आफ्नो समाचारमा उल्लेख गरेको छ । कैलाश र सुमार्गीलाई स्वामी भनेर सम्बोधन गर्ने गरेको पनि जनआस्थाको समाचारमा छ । 

सुमार्गीले पुस १३ गते काठमाडौं जिल्ला प्रशासन कार्यलयमा कैलाशबाट ज्यानधनको सुरक्षा गरी पाउँ भन्दै निवेदन दिएका थिए । लगत्तै उनी त्यसै दिन दुवई गएका थिए । 

त्यसको भोलिपल्ट सम्पत्ति शुद्धिकरण मुद्दामा पक्राउ पर्ने डरले सुमार्गी विदेश उडेको भन्दै कान्तिपुरमा समाचार नै प्रकाशित भएको थियो । सुमार्गीको परिवारले भने पूर्वनिर्धारित कार्यक्रममा भाग लिन दुवई गएको जनाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप