शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खुम्बु पासाङल्हामु गाउँपालिकाले उठायो चार करोड पर्यटक शुल्क

बुधबार, १९ पुस २०७४, १६ : २७
बुधबार, १९ पुस २०७४

सल्लेरी– खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटक प्रवेश शुल्कबापत रु चार करोड ४७ लाख १६ हजार राजश्व संकलन गरको छ ।  पदयात्री सूचना व्यवस्थापन प्रणाली ९टिम्स० कार्ड निषेध गर्दै गाउँपालिकाले अक्टोबर एक तारिखदेखि शुल्क उठाउन शुरु गरेको थियो । अक्टोबर १ देखि डिसेम्बर अन्तिमसम्म आएका कूल २२ हजार ३ सय ५८ पर्यटकबाट प्रतिव्यक्ति रु दुई हजारका दरले प्रवेश शुल्क संकलन गरेको खुम्बुपासाङ ल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिए । 

अक्टोबरमा पुरुष आठ हजार ५ सय ५१ र महिला पाँच हजार ५ सय ७७ गरी १४ हजार १२८ पर्यटक आएका थिए । नोभेम्बरमा पुरुष चार हजार ५६ र महिला दुई हजार ६ सय २० गरी छ हजार ६ सय ७६ तथा डिसेम्बरमा एक हजार ५ सय ५४ जना पर्यटक भित्रिएका हुन् । 

नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल ९टान०ले ११ वर्षदेखि निरन्तर टिम्स कार्डबापत प्रतिपर्यटक रु दुई हजार शुल्क लिँदै करोडौँ पर्यटक प्रवेश शुल्क उठाए पनि खुम्बु क्षेत्रमा पर्यटन प्रवद्र्धनका खासै काम गर्न नसकेको भन्दै गत असार २५ गते बसेको गाउँकार्यपालिकाको बैठकले टिम्स कार्ड निषेध गर्ने र आफैँले पर्यटक प्रवेश शुल्क उठाउने निर्णय गरेको थियो । 

सोही निर्णयअनुसार गाउँपालिकाले टिम्स कार्ड निषेध गर्दै प्रवेश शुल्क लिएको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताउनुभयो । गाउँपालिकाले लिएको शुल्कले पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वधार निर्माणलगायत काम गर्ने शेर्पाको भनाइ छ । विश्वको सर्वोच्च शिखर सगरमाथा, थामसेर्कु, कोङ्दे, आमादब्लमलगायत हिमशृङ्खला खुम्बु गाउँपालिका भित्र पर्छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप