शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सडकमै चालकको आँखा परीक्षण

बिहीबार, २० पुस २०७४, ०६ : ५४
बिहीबार, २० पुस २०७४

तनहुँ – बुधबार बिहानै सडकमा ट्राफिक प्रहरी खटिए । उनीहरुले सवारी रोक्दै चालकलाई बोलाउन थाले । 

कारबाहीमा परिने पो हो कि भन्ने डरले चालकहरु झस्किए । 

गाडीबाट निस्केर बाहिर आएपछि उनीहरुले थाए पाए, आँखा परीक्षणको लागि बोलाइएको रहेछ भनेर ।
लायन्स क्लव अफ तनहुँ र लियो क्लब अफ तनहुँको आयोजनामा सार्वजनिक सवारी चालकका आँखा परीक्षण गरिएको हो । 

हिमालय आँखा अस्पताल, जिल्ला आँखा उपचार केन्द्रको प्रविधिक सहयोग र जिल्ला ट्राफिक कार्यालयको सहयोगमा चालकका आँखा परीक्षण गरिएको हो । चालकहरुलाई करिब ३ मिनेटको परीक्षणमा सहभागी गराइएको थियो ।

आँखाको कमजोरीका कारण हुनसक्ने सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने उद्धेश्यले शिविर सञ्चालन गरिएको हो । 

जिल्ला ट्रफिक कार्यालय तनहुँ अगाडि राखिएको शिविरमा करिब ३ सय सवारी चालकको आँखा परीक्षण गरिएको छ । 

त्यसक्रममा  ३० जनाको दृष्टि कमजोर भएकोले संम्वन्धित आँखा अस्पतालमा सिफारिस गरि पठाइएको लायन्स क्लव अफ तनहुँका कोषाध्यक्ष ध्रुवराज पण्डितले रातोपटीलाई जानकारी दिए  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप