बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ बैंकले गर्यो परोपकार महासंघलाई यस्तो सहयोग

बिहीबार, २० पुस २०७४, ०७ : ३५
बिहीबार, २० पुस २०७४

तनहुँ - मुक्तिनाथ विकास बैंक दमौली शाखाले १२ औं वार्षिकोत्सवको अवसरमा बुधवार राष्ट्रिय परोपकार महासंघलाई फर्निचरका सामग्री प्रदान गरेको छ । 

कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले  राष्ट्रिय परोपकार महासंघका अध्यक्ष तारानाथ घिमिरेलाई सामग्री हस्तान्तरण गरे । 

धार्मिक स्थलमा बैंकले एक ईटा थप्ने कार्य गरेर उदाहरणीय प्रस्तुत गरेको नगरप्रमुख न्यौपानेले प्रतिक्रिया दिए ।  

बैकले करिब २० हजार रुपैयाँ बराबरको फर्निचरका सामग्री वितरण गरेको छ । 

उक्त परोपकार महासंघमा असाह्य, बृद्धवृद्धाहरुका लागि खाना बस्नको निशुल्क व्यवस्था छ । संस्थाको भवन करिब ७० जनासम्म  खान, बस्न सक्ने क्षमताको रहेको समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप