बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दमौलीमा ९६ जनाको स्थायी बन्ध्याकरण

शुक्रबार, २१ पुस २०७४, १४ : १२
शुक्रबार, २१ पुस २०७४

तनहुँ–तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा गत पुस ११ गतेदेखि संचालित शिविरमा महिलापुरुष गरि ९६ जनाको स्थायी बन्ध्याकरण गरिएको छ । 
दमौली अस्पतालमा सुरु भएको निःशुल्क स्थायी बन्ध्याकरण शिविरमा जिल्लाको ग्रामीण क्षेत्रका जनताहरुले लाभ लिएका छन् ।

विशेष गरि ग्रामीण क्षेत्रलाई लक्षित गरेर शिविर आयोजना गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय तनहुँका परिवार नियोजन अधिकृत नरबहादुर सारुले बताए । 

जिल्ला स्वास्थ्य कार्यालय तनहुँ आयोजना तथा मेरिस्टोप सेन्टर र सुनौलो परिवार नेपालको सहयोगमा सञ्चालित १० दिने शिविर पुरुष भ्यासेक्टोमि र महिला मिनिल्याप गराएका हुन् । जसमध्ये ५१ जना महिलाको मिनिल्याप र ३७ जना पुरुषको भ्यासेक्टोमी गरिएको दमौली अस्पतालकी अनमी हम माया पुनले बताइन् ।

शिविरमा दमौली अस्पतालका डा पवन जंग रायमाझी सहित ४ जना र मेरिस्टोपबाट १ जना डाक्टर र २ जना नर्स र जिल्ला जनस्वास्थ्य कार्यालयबाट ५ जना स्वास्थ्यकर्मिको सहभागीतामा सेवा दिएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप