शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् ५ नम्बर प्रदेशबाट विजयी माओवादी केन्द्रका वडाध्यक्षहरु (नामावलीसहित)

बिहीबार, १५ असार २०७४, २२ : ३८
बिहीबार, १५ असार २०७४

काठमाडौं– दोस्रो चरणमा बुधबार भएको ३३४ स्थानीय तहको निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ ।

बुधबार प्रदेश १, ५ र ७ प्रदेशको ३५ जिल्लामा निर्वाचन भएको थियो । थोरै मतदाता भएका स्थानीय तहको परिणाम आउने क्रम जारी रहेको छ । विहीबार बेलुकासम्म ३ स्थानीय तहमा तीन ठूला दल नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले एक एक स्थानमा जित हात परेका छन् । 


बझाङका दुई गाउँपालिकामा एक एक स्थानीय तहमा काँग्रेस र एमाले विजयी भएको छ भने सोलुखुुम्बुको एक स्थानीय तहमा प्रमुख उपप्रमुखसहित माओवादी केन्द्र विजयी भएको छ । 

यसैगरी, प्रदेश नम्बर ५ को सबैजसो स्थानीय तहको मतगणना जारी रहेको छ । माओवादी केन्द्रले रोल्पा, रुकुम, दाङ, प्युठान, गुल्मी नवलपरासी, बर्दियाबाट अहिलेसम्म २३ वटा वडा अध्यक्षसहित जित हात परेको सो पार्टीले जनाएको छ । 

अहिलेसम्म निर्वाचित वडाध्यक्षहरु 

रोल्पा
१– देउराम घर्तीको प्यानल त्रिवेणी गाउँपालिका १
२–मीनबहादुर थापाको प्यानल रुन्टीगढी गाउँपालिका १
३– आमबहादुर घर्तीको प्यानल, माडी गाउँपालिका १
४– गोबर्धन घर्ती मगरको प्यानल, थवाङ गाउँपालिका ५
५– बोमबहादुर पुनको प्यानल, दुई खोली गाउँपालिका १
६– भुपालसिंह दमाइको प्यानल, सुकीदह गाउँपालिका २
७– सुदीप घर्तीको प्यानल, माडी गाउँपालिका २
रुकुम
१– मानबहादुर बुढाको प्यानल, सिस्ने गाउँपालिका १
२– खर्कसिंह थापाको प्यानल, सिस्ने गाउँपालिका ८
३– रामचन्द्र पुनको प्यानल, भूमे गाउँपालिका १
दाङ
१– सद्दाम सिद्दीकी, गढवा गाउँपालिका ८
२– रिमबहादुर सुनारी मगर, राप्ती गाउँपालिका ९
३– विष्णु बुढाको प्यानल, राजपुर गाउँपालिका १
४– दुर्गाप्रसाद शर्माको प्यानल, राजपुर गाउँपालिका २
५– जंगबहादुर पुनको प्यानल, शान्तिगर गाउँपालिका १
६– मेघराज राना मगरको प्यानल, बंगलाचुली गाउँपालिका २
प्युठान
१– पदमबहादुर थापाको प्यानल, ऐरावती गाउँपालिका १
२– चिन्ताबहादुर केसीको प्यानल, माण्डवी गाउँपालिका १
गुल्मी
१– टंकबहादुर क्षेत्रीको प्यानल, चन्द्रकोट गाउँपालिका २
नवलपरासी
१– दिवाकर चौधरीको प्यानल, प्रतापपुर गाउँपालिका ३
बर्दिया
१– परशुराम चौधरीको प्यानल, मधुवन नगरपालिका १
२– रामबहादुर थारुको प्यानल, बारबर्दिया नगरपालिका १
३– जयराम पाण्डेको प्यानल, बाँसगढी नगरपालिका १
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप