भीमसेन गाउँपालिकाको केन्द्र सार्ने निर्णयको विरोध
शनिबार, २२ पुस २०७४, ११ : ५५
गोरखा – भिमसेन गाउँपालिकाको केन्द्र सार्ने निर्णयको विरोध भएको छ । गाउँपालिका अध्यक्षले किर्ते कागजात प्रयोग गरी गाउँपालिकाको केन्द्र बगुवावाट अन्यत्र सार्ने निर्णय मन्त्रीपरिषद बैठक बाट पारित गराउने तयारी गरेको भन्दै केहि स्थानीयले विरोध गरेका हुन् ।
असन्तुष्टहरुले भिमसेन गा.पा. वडा नं. ५ का प्रेमचन्द्र श्रेष्ठको संयोजकत्वमा संयुक्त संघर्ष समिति गठन गरी आन्दोलन थालेका छन् । सो क्रममा उनीहरुले शुक्रबार गाउँपालिका बन्द समेत गराएका थिए ।