शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी युवकको पेटबाट निकालियो यस्तो भयानक कुरा, पूरा मेडिकल जगत हैरान !

सोमबार, २९ जेठ २०७४, १४ : ०८
सोमबार, २९ जेठ २०७४

डाक्टरहरुले एक युवकको ३० इन्च लामो लामो आन्द्रा शल्यक्रियामार्फत निकालेको छन् । उनलाई निकै दुर्लभ प्रकारको कब्जियत भएको थाहा भएपछि तत्काल शल्यक्रिया गरिएको हो ।

नाम नखुलाइएका २२ वर्षीय युवकलाई एचडी भनेर चिनिने ‘हिर्स्प्रङ्ग डिजिज’ नामक जन्मजात रोग लागेको थियो । जसका कारण उनको पेटभित्रको मांशपेशीमा नशाको कमी हुँदा दिसा पास हुन पाउँदैनथ्यो । यसो हुँदा ती युवकको पेट सानै उमेरदेखि फुल्न थालेको थियो ।

दिसालाई जर्बजस्ती पास गराउनका लागि उनले ल्याक्सेटिभ र कब्जियतका औषधीमा भर पर्नुपर्दथ्यो ।

पूर्वी चीनको साङ्घाइमा अवस्थित टेन्थ पिपल्स हस्पिटलका डाक्टर यिन लु र उनको समूहले ती युवकलाई भेट्दा उनको पेटको आकार देखेर तर्सिएको बताए । उनले भने, ‘उनको पेट जतिबेला पनि फुट्न सक्थ्यो जस्तो भान हुन्थ्यो ।’

उनको पेटमा महिनौंदेखि जमिरहेको दिसाले गर्दा उनको पेट निकै ठूलो भएको परिक्षण पछि थाहा भयो ।

उनको ३० इन्च लामो र १३ किलोको आन्द्रालाई तीन घण्टा लामो शल्यक्रियामार्फत निकालिएको छ ।

बिरामीको अवस्था स्थिर रहेको र उनी पूर्ण रुपमा स्वस्थ हुने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप