बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यात्रुको ‘मलमुत्र’को कारण हङकङ जाने विमान अलास्का पुग्यो

सोमबार, २४ पुस २०७४, १२ : १३
सोमबार, २४ पुस २०७४

न्युयोर्क । अमेरिकाको शिकागो सहरबाट हङकङका लागि उडेको विमानमा रहेको दुई शौचालय यात्रुको मलमुत्रले भरिँदा अलास्कामा आकस्मिक अवतरण गर्नुपरेको छ । विमानमा २ सयभन्दा बढी यात्रु सवार रहेका थिए ।

युनाइटेड एयरलाइन्सको एक उडानमा एक यात्रुले मत्रमुत्र फैलाएको कारण आइतबार अलास्काको एनकोरेज हवाई अड्डामा अवतरण गर्नुपरेको विविसीले उल्लेख गरेको छ ।

प्रहरीका अनुसार भियतनामी मूलका एक अमेरिकी नागरिकका कारण यस्तो घटना भएको हो ।

यदपि, विमानमा वास्तवमा के भएको भन्ने आधिकारिकरुपमा हालसम्म खुल्न सकेको छैन ।

एनकोरेज विमानस्थलका प्रहरी प्रवक्ता लेफ्टिनेन्ट जोई गामाचेले भने, ‘हामीलाई एक यात्रुले बाथरुममा मलमुत्र फैलाएको खबर आएको थियो ।’

२२ वर्षीय यात्रुको नाम सार्वजनिक गरिएको छ । प्रहरीका अनुसार यात्रुले जाँचमा पूर्णरुपमा सहयोग गरिरहेको छ र उनीविरुद्ध कुनै आपराधिक गतिविधिमा संलग्न भएको पाइएको छैन ।

यात्रुलाई एनकोरेज विमानस्थलमा उतारेर प्रहरीले हिरासतमा लिएको थियो ।

उनलाई सोधपुछ पछि थप जाँचका लागि मानसिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

युनाइटेड एयरलाइन्सले २४५ यात्रुका साथ युए ८९५ ले उडान भरेको तर एक यात्रुको कारण निर्धारित रुटमा परिवर्तन गर्नुपरेको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप