शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ह्वाइट हाउस र सेक्स स्क्यान्डल

सोमबार, २४ पुस २०७४, १४ : १४
सोमबार, २४ पुस २०७४

सन् २०१८ मा अमेरिका र विश्व इतिहासको एउटा ठूला स्क्यान्डलको २० वर्ष पूरा भएको छ । यो स्क्यान्डल एक अमेरिकी राष्ट्रपतिको निजी जीवनसँग सम्बन्धित थियो ।

सन् १९८८ को जनवरी महिनामा ४९ वर्षीय अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र मोनिका लेवेन्सकीबीच शारीरिक सम्बन्धसँग जोडिएको खबरले पूरा विश्वको मिडियामा तहल्का मच्चाएको थियो ।

मोनिका लेवेन्सीको उमेर २२ वर्षको थियो र उनी बिल क्लिन्टनको कार्यकालमा ह्वाइट हाउसमा प्रशिक्षार्थीको रुपमा काम गर्थिन् ।

यद्यपि, बिल मात्र यस्त राष्ट्रपति भने होइनन् जसको निजी जीवनले चर्चा कमाएको थियो । 

उनीभन्दा अघि ह्वाइट हाउसमा यस्ता राष्ट्रपति पनि विराजमान भए जसको जीवनसँग जोडिएका कयौँ राज पर्दामा लुकेको छ । यस्तामा एक थिए ह्यारी ट्रुम्यान ।

ह्वाइट हाउसको छत

किर्तिमानी चारपटक अमेरिकी राष्ट्रपति रहेका फ्रैंक्लिन रुजवेल्टको प्रशासनमा ह्यारी ट्रुम्यान उपराष्ट्रपति थिए । 

रुजवेल्टको अप्रिल १९४५ मा मृत्युपछि दोस्रो विश्वयुद्ध समाप्त भएसम्म ट्रुम्यानले राष्ट्रपतिको पद सम्हाले ।

जब ह्यारी ट्रुम्यान ह्वाइट हाउसमा बस्न आए, उनले अमेरिकी राष्ट्राध्यक्षको निवासको अवस्था निकै खराब थियो । चिरा परेका भित्तादेखि कुनामा स–सानामा झारहरु उम्रिएका थिए ।

ट्रुम्यानकी पत्नी ह्वाइट हाउसको खराब हालतबाट वाक्क थिइन् । उनहरुकी छोरी मेरी माग्रेट पहिलो तल्लामा पियानो बजाउँथिन् । एक दिन पियानो बजाउँदै गर्दा ह्वाइट हाउसको छत खसेर मेरी पियानोसँगै बेसमेन्टमा खसिन् ।

रुजवेल्ट र चर्चिल

यो घटनापछि राष्ट्रपतिको परिवार ब्लेयर हाउसमा सरे । रुजवेल्ट प्रशासनले विदेशी पाहुनाका लागि केही समयअघि मात्र ब्लेयर हाउस किनेका थिए ।

यसमा विदेशी पाहुनाहरुमा बेलायतका प्रधानमन्त्री विन्सटन चर्चिलको नाम लिइन्छ । रुजवेल्ट र चर्चिलको मित्रताको चर्चा निकै चल्ने गथ्र्यो ।

चर्चिल आफ्नो अमेरिका यात्राको दौरान ह्वाइटमा बस्थे र धेरै तस्विरहरुमा उनी मुखमा सिगार च्यापेर रुजवेल्टसँग बसेको देख् सकिन्छ ।

चर्चिल र रुजवेल्टको सम्बन्ध यति गहिरो थियो कि राजनीतिक मुद्दामा चर्चा गर्न उनको बेडरुममा आधा रातमा पनि चर्चित पुग्थे ।

दोस्रो तर्फ फस्ट लेडी एलिजावेथ बेस ट्रुम्यानलाई भने वासिङ्टन त्यति मन परिरहेको थिएन ।

ह्यारी र एलिजावेथ
उनलाई पूर्व फस्ट लेडी एलियानोर रुजवेल्टसँग आफ्नो तुलना गरेको पनि मनपर्दैन थियो । एलिजावेथ ट्रुम्यान फस्ट लेडीको आफ्नो भूमिकामा त्यति रुची थिएन ।

उनीमात्र आफ्नो पतिको पत्नी बनेर बस्न चाहन्थिन्, भलै उनको पति अमेरिकाको राष्ट्रपति नै किन नहुन् । एलिजावेथ र ह्यारी स्कूलदेखि नै एक अर्कालाई चिन्थे ।

उनीहरुको सम्बन्ध निकै निकट थियो, एलिजावेथ र म्यारी वासिङटन छाडेर गृह राज्य मिसुरी गएपछि ह्यारी आफूलाई एक्लो महसुस गर्न थालेका थिए ।

यसमा स्क्यान्डल के भयो र ? प्रश्न उठ्छ ।

सन् १९४९ मा एलिजावेथ चार महिनाका लागि वासिङटनबाट बाहिर गएकी थिइन् । र, सेप्टेम्बरमा आफ्नो छोरी फर्किनभन्दा एक दिनअघि फर्किइन् ।

स्क्यान्डलको कथा

ब्लेयर हाउसमा एलिजावेथ ह्यारीलाई खाने खाने टेबलमा पर्खिरहेकी थिइन् । जब ह्यारी त्यहाँ पुगे, उनले काम गर्नेहरुलाई त्यहाँबाट जान भने ।

सिक्रेट सर्भिसको दस्तावेजका अनुसार उनीहरु हाइस्कूलका बच्चाहरु जस्तै व्यवहार गरिरहेका थिए जसको आमाबाबु सहरभन्दा बाहिर गएका हुन् ।

अर्को विहान एलिजावेथले काम गर्नेहरुलाई संकुचित भावमा राती ब्लेयर हाउसको चारवटा खाट भाँचिएको र त्यसलाई बदल्न आग्रह गरेकी थिइन् । त्यतिबेला ह्यारी ६५ वर्षको र एलिजावेथ ६४ वर्षकी थिइन् ।

ब्लेयर हाउसको यस घटनापछि ट्रुम्यानले फेरि चुनाव जिते र कार्यकाल सकिएपछि राजनीति छाडिदिए ।

त्यसपति ट्रुम्यान दम्पत्ति मिसुरी गएर बस्न थाले । सन् १९७२ मा ह्यारीको मृत्यु अघि त्यति नै बसे । ह्यारीको मृत्युको दुई वर्षपछि एलिजावेथको पनि निधन भयो । उनको शवलाई ह्यारीको चिहान नजिकै गाडिएको थियो ।

बिबिसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप