शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सगुनको मोवाइल एप दिल्लीमा आज सार्बजनिक हुँदै, यस्तो छ विशेषता

मङ्गलबार, २५ पुस २०७४, १९ : ४०
मङ्गलबार, २५ पुस २०७४

काठमाडौं – सोसियल इकमर्स साइट सगुनले आफ्नो एन्डोइड मोवाइल एप मंंगलबार नयाँ दिल्लीबाट सार्बजनिक गर्दै छ । नयाँ दिल्लीको पाँचतारे द ललित होटलमा आयोजित भब्य समारोहमा मोवाइल एप सार्बजनिक गर्ने तयारी छ । 


एप सार्बजनिक कार्यक्रममा बलिउड अभिनेतृ श्रद्धा कपुर प्रमुख अतिथि हुनेछिन् । अर्की चर्चित अभिनेतृ तथा टीभी पर्सनालिटी मंदिरा बेदीले उक्त कार्यक्रमको संचालन गर्दैछिन् । कार्यक्रममा भारतका विभिन्न दलका नेता, चलचित्रकर्मी, सरकारी अधिकारी, ठूला आइटी कम्पनीका प्रतिनिधिलगायत विभिन्न क्षेत्रका ब्यक्तित्वहरुको सहभागिता रहने जनाएको छ । कार्यक्रमको प्रत्यक्ष प्रसारण सगुनको फेसबुक पेजबाट साँझ साँढे ६ बजे हुनेछ । 


एप सार्बजनिक कार्यक्रम गर्न होटलको हल विशेष रुपले सजाइएको छ । आयोजक टिमले कार्यक्रमलाई कसरी भब्य बनाउने भनेर स्टेजमै दर्जनौ पटक अभ्यास गरिरहेका छन् । लाइट, क्यामेरा, दर्शक दीर्घालाई कसरी प्रस्तुत हुने भनेर अभ्यास गराइएको  छ । 


सगुनको एप सार्वजनिक कार्यक्रममा सहभागी हुन संस्थापक गोविन्द गिरी, सहसंस्थापक कविन सिटौलालगायत बेलायत, अष्टेलिया, कोरिया, अमेरिकाका शेयरधनीहरु दिल्ली आइपुगेका छन् । सगुन नेपालबाट पनि केहि प्रतिनिधी दिल्ली पुगेका छन् । सगुनका सहसंंस्थापक सिटौलाले विश्वका स्टार्टअप कम्पनीहरुले ग्लोबल सार्वजनिकीकरणमा गर्ने जस्तै भब्य समारोहको तयारी गरिएको बताए । ‘फेसवुक, ट्वीटर, गुगलजस्ता कम्पनीले गरेको जस्तै विश्वको ध्यान तान्ने गरी एप लंचिगको तयारी गरेका छौं,’ उनले भने ।


बेलायतबाट आएका सगुनका सेयरधनी युवराज सेढाईं एप सावजनिकी तयारी देखेर छक्क परे । ‘यति भब्य तयारी कुनै एउटा प्रोडक्ट सार्वजनिक समारोहको मैले अहिलेसम्म देखेको थिइन,’ उनले भने, ‘यसले पक्कै विश्वको ध्यान तान्ने छ ।’
अमेरिकी बजारमा मिनी आइपिओ जारी गरेको आइटी स्टार्ट अप कम्पनी सगुनले स्मार्ट फोनका पारिखीहरुले लामो समयदेखि प्रतीक्षा गरेको मोवाइल एप प्ले स्टोरमार्फत सार्बजनिक गर्न लागेको हो ।  


आफूले गरेका बाचा क्रमश पूरा गरेर प्रयोगकर्ताको मन जित्दै आएको सगुनले दक्षिण एशियाली बजारलाई लक्षित गरेर मोवाइल एप डेभलप गरेको हो । एन्ड्रोइड प्लेटफर्ममा उपलब्ध यस एपले प्रयोगकर्ताको गोपनियतालाई निकै ध्यान दिएको छ ।

 सगुनको मोवाइल एप सूचनाको गोपनियतामा महत्वपूर्ण फड्को हुने सगुनका संस्थापक गोविन्द गिरीको दावी छ । 


एपमा यस्तो छ विशेषताः 


एपबाट पठाइने फोटो, टेक्स्ट, भिडियोलगायतका प्राप्त गर्नेले हेरीसकेपछि आफैं डिलिट हुने फरक खालको विशेषता यसमा छ । 
कुराकानीका क्रममा नजिकका मानिससँग धेरै गोप्य कुराहरु सेयर गरिन्छ । जब सम्बन्धमा अनबन हुन्छ, त्यही कुराकानीलाई स्क्रिन सट बनाएर सामाजिक संजालमा छरपस्ट पार्नेहरु धेरै छन् । यस्ता अविश्वासीहरुलाई प्रमाण संकलन गर्न सगुनले अब दिने छैन । यसमा आफ्नो गोप्य कुरा, फोटोहरु, परिवारका सदस्य, साथी र आफ्नो समुदायका ब्यक्तिहरुलाई बाँड्न सकिन्छ । यसैगरी आफ्नो समूह ब्यवस्थित गरेर टेक्स्ट,  फोटो र स्टिकरहरु आदान प्रदान गर्न सकिने विशेषता मोवाइल एपमा छ ।
खासमा सगुनको मोवाइल एप वेव भर्सनको अर्को रुप हो । मोवाइलमा वेव व्राउजर नखोली एपबाटै वेवमा रहेका सबै कुरा चलाउन सकिने भएकाले यो एप निकै लोकप्रिय हुने विश्वास सगुन टिमको छ ।  
यसको अर्को विशेषता दैनिकीलाई सेड्युलमा राखेर साथीभाइलगायतलाई शेयर गर्न सकिन्छ । कसको आज कुन कार्यक्रम छ भन्ने कुरा यसले जानकारी दिनेछ । 
यसमा टुडेज सेक्रेट नामक छुट्टै एप छ, जसबाट हाम्रो दैनिक गोप्य स्टोरीहरु साथीभाई र परिवारलाई सेयर गर्न सकिन्छ । आफ्ना मेमोरेबल इभेन्टहरुलाई सेयर गर्न कस्टोमाइज्ड अप्सन यसमा छ । यसले तपाईका प्रियजनलाई मात्रै दिनभरीको स्टोरी सेयर यही एपले गरिदिन्छ । यसमा दैनिक सेड्युल वा साप्ताहिक सेड्युल बनाउन सकिन्छ । 
अल इन वन एप जस्तै छ सगुन । अर्थात् ग्रिटिङ एप, क्यालेन्डर, मुड टकजस्ता फिचर यसमै समाहित भएकाले एउटै पेजबाट धेरै गरी सुविधा पाउन सकिनेछ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप