शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यसरी मनाइयो अमेरिकाको क्यालिफोर्नियामा पृथ्वी जयन्ती

बिहीबार, २७ पुस २०७४, १८ : ३९
बिहीबार, २७ पुस २०७४

विजय थापा  

अमेरिका – अमेरिकाको क्यालिफोर्नियामा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाईएको छ ।लामो समयदेखि उक्त बर्क्ली क्षेत्रमा बसोबास गर्ने समाजसेवी बुद्धिजीवि तथा समाजका अगुवाहरुले २ सय ९६ औ पृथ्वी दिवस मनाएका छन्  ।


उक्त एकता दिवसको दिनमा एक दर्जन जति बुद्धिजीवी महिला र पुरुष हरुले पृथ्वीनारायण शाहको एकिकरण तथा एकताको बारेमा बोलेका थिए । साथै सबै जसो वक्ताहरुले आफू बसेको ठाउँमा एकता देखाउँदै सामुदायिक भबनको चाडै निर्माण गर्नु पर्ने कुरामा सबैले जोड दिएका थिए ।

 उक्त कार्यक्रममा आफ्ना भनाई राख्दै पूर्वपर्यटन दूत अनिल पान्डेले उक्त सामुदायिक भबन बनाउनको लागि संचालित एक सय डलरको चिट्ठा को पहिलो टिकट बिसे नगर्चीलाई सम्झि किनेर शुरुवात गरेका थिए । 

नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पृथ्वीनारायण शाहको दिव्ययोपदेशको स्मरण गर्दै अमेरिकामा पनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । 

दोस्रो जनआन्दोलनपछि पृथ्वीनारायण शाहको योगदानलाई उपेक्षा गरेता पनि यो वर्ष सार्वजनिक बिदा दिइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप