शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धनीका कुरा : बेजोस सबैभन्दा धनी जुकरबर्ग चौथो नम्बरमा

शुक्रबार, २८ पुस २०७४, ०९ : २८
शुक्रबार, २८ पुस २०७४

अमेजन डट कमका फाउन्डर जेफ बेजोस माइक्रोसफ्टका फाउन्डर बिल गेट्सलाई पछि पार्दै लगातार तेस्रोपटक संसारकै धनी व्यक्तिको सूचीमा परेका छन् । गत मंगलबार अमेजनको कमाइ लगभग १ दशमलव ४ प्रतिशतले बढेर बेजोसले विश्वकै धनी व्यक्तिमा आफूलाई अझै दर्‍याएका हुन् । ब्लुमबर्गका अनुसार विश्वका पाँच धनी व्यक्ति यी हुन् :

१. जेफ बेजोस
जेफ बेजोसको कुल सम्पत्ति अहिले १ सय ६ अर्ब डलर छ । गत वर्ष २७ जुलाईमा बिल गेट्सलाई पछि पार्दै बेजोस संसारकै धनी व्यक्ति बनेका थिए । त्यतिखेर उनको सम्पत्ति ९० अर्ब डलरभन्दा बढी थियो । तर, केही घण्टाका लागि मात्रै उनी एक नम्बर सूचीमा परेका थिए । २८ फेरि ९३ दशमलव ८ अर्ब डलर कुन सम्पत्ति पुर्‍याएर उनी पहिलो नम्बरमै पुगे । यो रेकर्डलाई उनले अहिले झनै दर्‍याएका हुन् । बेजोसको अमेजमा ७ दशमलव ८९ करोड डलर सेयर छ ।

२. बिल गेट्स
माइक्रोसफ्टका मालिक बिल गेट्सले वर्षौंदेखि राखेको रेकर्ड अहिले तोडिएको छ । उनी पहिलोबाट दोस्रो धनी व्यक्तिको सूचीमा धकेलिएका छन् । ब्लुमबर्गका अनुसार बिल गेट्ससँग अहिले ९३ दशमलव ३ अर्ब डलर छ ।

३. वारेन बफेट
वारेन बफेटलाई सेयर बजारको खेलाडीका रूपमा संसारले चिन्छ । फोब्र्स म्यागजिनका अनुसार उनी सन् २००८ मा विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए । त्यसपछि सम्पत्तिमा बिल गेट्सलाई पछ्याउँदै आएका बफेट अहिले पनि गेट्सकै पछिपछि छन् । विश्वको तेस्रो धनी व्यक्तिको सूचीमा रहेका उनको सम्पत्ति हाल ८७ दशमलव ३ अर्ब लडर छ । सेयर दलाल पिताबाट पैसाको कारोबार सिकेरै उनी सेयर बजारका खेलाडी बनेका हुन् ।

४. मार्क जुकरबर्ग
फेसबुकका सञ्चालक एवं सिइओ मार्क जुकरबर्ग विश्वको चौथो धनी व्यक्तिको सूचीमा परेका छन् । २००४ मा फेसबुक स्थापना गरेपछि आफ्नै संघर्षले उनी विश्वको चौथो धनी व्यक्ति बन्नु चानचुने होइन । उनीसँग हाल भएको ७७ दशमलव ३ अर्ब डलर सम्पत्तिमा पैतृक हिस्सा छैन । विश्वकै धर्नी पाँच व्यक्तिको सूचीमा उनी सबैभन्दा कान्छा व्यक्ति हुन् । जुकरबर्ग ३३ वर्षका मात्रै भए भने, यत्रो कमाइ केवल १२ वर्षको सफलता हो ।

५. अमनसियो ओर्टेगा
अमनसियो ओर्टेगा स्पेनिस बिजनेस टाइकुन हुन् । युरोपकै सबैभन्दा धनी उनी विश्वको पाँचौँ धनी व्यक्तिको सूचीमा परेका छन् । इन्डिटेक्स फेसन ग्रुपका फाउन्डर तथा पूर्वअध्यक्ष ओर्टेगासँग जुकरबर्गसँग भन्दा केही कम सम्पत्ति छ । उनको कुल सम्पत्ति ७६ दशमलव ६ अर्ब डलर छ ।

-नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप