मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

दशगजा क्षेत्र बन्यो भारतीय पक्षको ‘डम्पिङ साइट’

शुक्रबार, २८ पुस २०७४, ११ : ०८
शुक्रबार, २८ पुस २०७४

नवलपरासी । भारतीय एसएसबीद्वारा मिचिएको दशगजा क्षेत्र फिर्ता गराउन पहल नभएसँगै त्यस क्षेत्रमा फोहोरको थुप्रो लाग्न थालेको छ । 

नवलपरासीको महशेपुर नाकामा रहेको दशगजामा भारतीय सुरक्षा बल (एसएसबी) ले भवन निर्माण नै गरेको छ भने त्यस आसपासमा फोहोरको थुप्रो लागेको छ । 

सीमा छुटाउने दशगजाको संरक्षण तथा नियमित अनुगनम नहुँदा भारतीय एसएसबीले करिब ५ मिटर (१५फिट) जग्गा मिचेर भवन निर्माण गरेको स्थानीयले बताएका छन् । 

जिल्लाका विभिन्न राजनीतिक दल, समाजसेवी, स्थानीय जनता र संचार माध्यमहरुले सरकारलाई यसबारे जानकारी गराउँदै आएपनि सम्बन्धित निकायको ध्यान पुग्न नसकेको उनीहरुको गुनासो छ । 

दशगजा मिचिएसँगै सो क्षेत्र फोहोर र प्रदुषित पनि बन्दै गएको छ । भारतीय बासिन्दाहरुले गाउँ, बजारभरको फोहोरमैला दशगजामा नै फाल्ने गर्दा नेपाली पक्ष रोगको चपेटामा पर्दै गएका भुजहवा ३ का कप्लु हरिजनले बताए । 
दुर्गन्धको संक्रमणले पेट दुख्ने, झाडापखाला लग्ने, वान्ता हुने, ज्वरो आउने, रुखाखोकी लाग्ने रोग लाग्ने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप