केन्द्रीय संस्करण

यो कस्तो खाले मौनता हो ?

person access_timeपुस २८, २०७४ chat_bubble_outline0

म आफ्नो कुरा भारतका कवि अवतार सिंह ‘पाश’को कविताबाट सुरु गर्न चाहन्छु ।

मेहनत की लुट सबसे खतरनाक नहीँ होती
पुलिस की मार सबसे खतरनाक नहीँ होती
गद्दारी, लोभ की मुट्ठी
सबसे खतरनाक नहीँ होती
 
बैठे बिठाए पकड़े जाना बुरा तो है
सहमी सी चुप्पी में जकड़े जाना बुरा तो है
पर सबसे खतरनाक नहीँ होती
 
सबसे खतरनाक होता है
मुर्दा शान्ति से भर जाना
ना होना तड़प का
सब कुछ सहन कर जाना
घर से निकलना काम पर
और काम से लौट कर घर आना
सबसे खतरनाक होता है

‘हमारे सपनों का मर जाना’ म इतिहासबारे कुरा गर्न त्यति रुचि मान्दिन किनभने इतिहास विजेताहरूको लेखिन्छ, अर्को पक्षको होइन । इतिहास विजेताको लेखिने भएपछि उसले त्यो इतिहासलाई आफ्नो हिसाबले सच्याउँछ र अर्काको इतिहासलाई गलत भनिदिन्छ । शासकले लेख्न लगाएको इतिहासमा अवधको, थारुको पारिवारिक विरासतमा भनी आइएको कथा गलत छ भन्छ । सही के हो त भन्दा उसले आफ्नो नामै इतिहास संशोधन मण्डल भनेको छ ।

म अहिले जुन भाषामा बोल्दैछु, त्यो त मेरो भाषा खोसिएर सिकाएको भाषा हो । त्यस्तै अङ्ग्रेजी, मौलिक भाषा खोसिएर सिकाएको भाषा हो । हिन्दी भाषाको सन्दर्भमा पनि त्यही कुरा लागू हुन्छ । पहिले शास्त्रास्त्र गर्ने भनेको संस्कृतमा हुन्थ्यो अब अङ्ग्रेजीमा हुन्छ । कतै हिन्दीमा त कतै नेपालीमा हुन्छ । त्यो शास्त्रास्त्रमा कमजोरहरूको, बहिष्कृतहरूको पहुँच कहिले पुग्ने ?

उसले मैले इतिहासको संशोधन गर्दैछु भन्छ र पनि संशोधन गरिएको इतिहास सही हो भन्छ । अर्थात मौलिक चाहिँ सही होइन, मैले संशोधन गरेपछि मात्र सही हो भन्छ । अनि त्यस्तो इतिहासको बारेमा के भन्ने ? सत्ताको भाषा शास्त्र हो । शास्त्र सत्ताले नै लेख्न लगाउँछ । जस्तै, अर्थशास्त्र, राजनीतिशास्त्र, नागरिकशास्त्र, मानवशास्त्र आदि । शास्त्र त सबै विजयीहरू सत्तासिनहरूले लेख्न लगाउने हुन् । त्यसैले मलाई लाग्छ कमजोरले जहिले पनि आफ्नो कुरा कवितामा भन्छ । नाटकमा भन्छ । चित्रमा व्यक्त गर्छ, किनभने उसको भाषा खोसिएको हुन्छ ।

म अहिले जुन भाषामा बोल्दैछु, त्यो त मेरो भाषा खोसिएर सिकाएको भाषा हो । त्यस्तै अङ्ग्रेजी, मौलिक भाषा खोसिएर सिकाएको भाषा हो । हिन्दी भाषाको सन्दर्भमा पनि त्यही कुरा लागू हुन्छ । पहिले शास्त्रास्त्र गर्ने भनेको संस्कृतमा हुन्थ्यो अब अङ्ग्रेजीमा हुन्छ । कतै हिन्दीमा त कतै नेपालीमा हुन्छ । त्यो शास्त्रास्त्रमा कमजोरहरूको, बहिष्कृतहरूको पहुँच कहिले पुग्ने ? यो केही जनाले गर्दै हुनुहुन्छ, त्यो भनेको खुट्टामा ढुङ्गा बाधेर दौडमा भाग लिए सरह हो । ती मित्रहरूलाई म नमन गर्न चाहन्छु ।

त्यसैले बहिष्कृतहरू बोल्ने गद्यमा होइन पद्यमा हो । उपन्यासमा होइन नाटकमा हो । चित्रकालामा होइन मूर्तिकलामा हो । मौखिक परम्परामा हो । कथामा हो । त्यसमा कमजोरहरूको कुरा आउँछ । भन्नुको अर्थ सबै क्षेत्र, धर्म, लिङ्गका मान्छेहरूलाई समेट्ने हामीसँग एउटा मौका थियो त्यो भनेको नयाँ संविधान हो । नयाँ संविधान सबैलाई समेट्ने किसिमबाट आएको भए संविधान दिवस एकता दिवस हुन सक्थ्यो ।

यदि फागुन ७ लाई प्रजातन्त्र दिवस मान्ने हो भने पनि पहिलो पटक मधेस–पहाड, जनजाति, आर्य–खस एक ठाउँमा उम्भिएको दिनलाई हामीले एकता दिवस माने केही फरक पर्दैन्थ्यो । राजतन्त्रलाई नियन्त्रण गर्न ल्याइएको लोकतन्त्रका लागि सङ्घर्ष गरिएको दिनलाई पनि एकता दिवसका रूपमा मनाए फरक पर्दैन्थ्यो । सम्पूर्ण नेपालीलाई बराबरको मान्यता दिन घोषणा गरिएको गणतन्त्र दिवसलाई पनि एकता दिवसको रूपमा मनाएको भए फरक पर्दैन्थ्यो ।

तर एउटा राजाको पुर्खाको जन्मदिन, त्यो पनि साच्चिकै यही दिन जन्मिएको हो कि कसैले लेखिदिएको हो भन्ने समेत हामीलाई थाहा छैन, त्यस दिनलाई एकता दिवस मनाउँ भन्ने ? पृथ्वीनारायण शाहको जन्मदिन विवादित छ । विवादित दिनलाई एकता दिवस कसरी मान्ने ? यो कुरा कतैबाट पनि मिल्दैन । हामीले भन्दै गरेको कुराको स्वर सानो र कमजोर भयो भन्दैमा हामीले यो कुरा भन्न छोड्नु हुँदैन । जब अन्याय कानुन बन्छ भने प्रतिरोध जनताको कर्तव्य बन्न जान्छ ।

जतिखेर तपाईंले त्यो कुरा बिर्सनु भयो, तपाईं मानव नभएर दुई खुट्टे जनावरमा परिवर्तित भैसक्नु हुन्छ । के हामी दुई खुट्टे जनावर भएर बस्न मिल्छ ? म फेरि अवतार सिंह ‘पाश’कै अर्को कविता पढ्न चाहन्छु जुन उनले आफ्नो देशमा संविधान घोषणा भएपछि लेखेका थिए–

यह पुस्तक मर चुकी है
इसे मत पढो
इसके लफ्जों में मौत की ठन्डक है
और एक–एक पन्ना जिन्दगी के अन्तिम पल जैसा भयानक
यह पुस्तक जब बनी थी
तो मैं एक पशु था
सोया हुआ पशु
और जब मैं जागा तो मेरे इन्सान बनने तक
यह पुस्तक मर चुकी थी
अब अगर इस पुस्तक को पढोगे
तो पशु बन जाओगे
सोए हुए पशु

यस्तो बेलामा थोपरिएको ‘एकता दिवस’ अनि हामी चुप लागेर बस्न मिल्छ ? यो कस्तो खाले मौनता हो ? त्यसैले निसास्सिदो मौनता तोड्नै पर्छ । कति सहने ? यो कुरा संविधानलाई मानेर, यही संविधानमा टेकेर आएको होला नि । यदि यो ‘एकता दिवस’को घोषणा संविधानमा टेकेर आएको हो भने सरकार गैरसंवैधानिक छ, किनभने जनताले मत दिएको ‘एकता दिवस’को घोषणा गर्न होइन । यदि एकै छिन मानिलिउँ यो संविधान मृत छ भने, जो कि गोविन्द केसी भनिरहेका छन् । (यदि यो संविधानलाई मान्ने हो भने संविधानको अन्तिम व्याख्याता सर्वोच्च अदालतको प्रधानन्यायाधीस हुन्छन् । तिनको विरोधमा केसीले बोल्नुको अर्थ उनी यो संविधान मान्दैनन् ।) यस्तो बेलामा यी पशुहरूले केही भन्दैनन् भनेर यो ‘एकता दिवस’ घोषणा गरिएको हो ।

यो प्रतिगमित राजतन्त्र भन्दा पनि पश्चगामी छ । राजतन्त्र हुँदासम्म एउटा परिवारको व्यक्तिको विरोधीको रूपमा लिइन्थ्यो तर आज यो एउटा नृजातीय समूहको विरोधीको रूपमा लिइन्छ । त्यो नृजातीय समूहले यसलाई आफ्नो वर्चस्वमा दिइएको चुनौतीको रूपमा हेर्छ र त्यसको आक्रमण झनै चर्को हुँदै जान्छ । त्यसबेला प्रतिरोधको आवश्यकता झनै बढ्छ ।

नेपाललाई समतामूलक, सबैको सम्मानजनक, सहभागितामूलक अपनत्व महशुस गर्ने नेपालको रूपमा जसरी निर्माण गर्ने हाम्रो सोच थियो । यदि त्यस्तो हुन सकेको भए त्यसको निरन्तरता भिन्न किसिमको हुन्थ्यो । तर त्यो सपनाको मृत्यु भएपछि अहिले जुन वास्तविकता हाम्रोसामु छ, त्यो हामी सबैलाई लाज लाग्ने किसिमको छ । डर लाग्ने किसिमको छ । जनावरलाई जसरी राखिएको यस्तो अवस्थामा हामी डराउनुपर्छ । यदि हामीमा अलिकति पनि मानवता बाँकी छ भने प्रतिरोधलाई जीवित राख्नुपर्छ ।

ह्वेन इन जस्टिस इज ल
रेसिस्टेन्स इज डिउटी
एन्ड ह्वेन इन जस्टिस इज इस्टिल ल
रिभेलियन इज कम्पलसरी ।  
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ