शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अर्काे एक पोर्न स्टारको बलिउडमा इन्ट्री, पोष्टरले मच्चायो तहल्का

शुक्रबार, २८ पुस २०७४, १४ : ०२
शुक्रबार, २८ पुस २०७४

मुम्बई – बलिउड अभिनयमा अर्काे एक पार्ने स्टार पनि थपिने भएकी छन् । चर्चित निर्देशक राम गोपाल वर्माको नयाँ चलचित्रबाट अर्काे पोर्न स्टारले अभिनयमा डेब्यु गर्दैछिन् ।

फरक धारको चलचित्र निर्माणमा माहिर बर्माले आफ्नो नयाँ चलचित्र ‘गड, सेक्स एण्ड ट्रुथ’का पोेष्टर सार्वजनिक गरिदिएका छन् । पोष्टर सार्वजनिक लगतै शोसल मिडियामा तहल्का मच्चिएको छ । चलचित्रको यो पहिलो पोष्टर हो । यस पोष्टरमा लिड अभिनेत्री निकै बोल्ड अवतारमा देखिएकी छन् ।
 
चलचित्रकी मुख्य अभिनेत्री चर्चित पोर्न स्टार मिया कल्कोवा रहेकी छन् । पोष्टरका लागि उनले न्युड पोज दिएकी छन् । तस्बिर सार्वजनिक भए लगतै बलिउडका केही हस्तीले पाष्टरलाई अहिले सम्मकै हट पोष्टर भनेका छन् ।

अभिनेत्री मियाले पनि पोष्टर आफ्नो ट्वीटर मार्फत सार्वजनिक गरेकी छन् । पोष्टरका साथमा उनले चलचित्र अभिनयको एक्सपेरेन्स पनि शेयर गरेकी छन् ।

मियाले लेखेकी छन् ‘भारतीय चलचित्र निर्देशक रामगोपाल बर्माका साथ मैले युरोपमा ‘गड, सेक्स एण्ड टुथ’ गरेकी छु । सन्नी लियोन पछि म त्यस्तो पोर्नस्टार हुँ जसले अभिनेत्रीको रुपमा भारतीय चलचित्र अभिनय गर्ने अवसर पाएकी छु ।’

चलचित्र ट्रेलर पनि तयार गरिएको छ । जसको सार्वजनिक १६ जनवरीमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप