ब्लाइन्ड रक्स : बेनिशाको ‘उड्यो मन’
शुक्रबार, २८ पुस २०७४, १५ : ०७
काठमाडौं – चलचित्र ‘ब्लाइन्ड रक्स’ प्रदर्शनका लागि तयार भएको छ ।
निर्माण युनिटले चलचित्रको पहिलो गीत रिलिज गरेका छन् ।
बेनिशा हमाल माथी फिचरिङ गरिएको ‘उड्यो मन...’ बोलको गीतमा कत्थक नृत्य र शास्त्रिय संगीत मिश्रण छ ।
हरि लम्सालद्धारा संगीतबद्ध गीतलाई बाँनिका प्रधानले गाएकी छन् । गीतमा नरेश भट्टराईका शब्द छन् ।
दुर्घटनामा दृष्टि गुमाएकी सृष्टि केसीको जीवनीमाथि बनेको चलचित्र पेश मिलन चाम्सले निर्देशन गरेका हुन् । चलचित्रमा अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टको समेत मुख्य भूमिका छ । हमालले सृष्टिको भूमिकामा अभिनय गरेकी छन् ।
लन्डन प्रदर्शन गरिएको चलचित्र १८ फागुनमा स्वदेश प्रदर्शनमा आउँदैछ ।
एन फिल्मस क्रिएसन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा चलचित्र निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी
-
बाटो छेकेर महिलामाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
विवाह गर्दै अभिनेत्री मञ्जिता
-
कोरला क्षेत्रमा नेपाल र चिनियाँ प्रहरीको संयुक्त गस्ती (तस्बिरहरु)
-
२०२४ अपाचेको आरटीआर १६० नेपालमा
-
मौन अवधिअघि ओलीले भने–सुहाङ, अब संसद् भवनमै भेटौँला !