रुससँगको सीमा विवादबारे बोले बेलारुसका राष्ट्रपति
एजेन्सी– बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले रुससँग भएका सीमा विवादहरु वार्ताका माध्यमबाटै जतिसक्दो चाँडै सुल्झाउने बताएका छन् । सरकारद्वारा सञ्चालित समाचार संस्था टेलेग्राफले जनाएअनुसार विगतदेखि रुससँग जारी रहेको सीमा विवादलाई वार्ताको माध्यमबाट समाधान गर्ने योजना सरकारले बनाएको छ ।
उनले गत जनवरी १७ मा बेलारुसले ३९ वटा युरोपियन राष्ट्रसहित ८० वटा राष्ट्रका नागरिकलाई पाँच वर्ष प्रवेशआज्ञा दिइने नयाँ योजना सार्वजनिक गरेको पनि जानकारी दिए । लुकासेन्कोले मिन्स्कमा भएको एक प्रेस सम्मेलननमा बेलारुसमा प्रवेशाज्ञामा नियमितता ल्याइएको बताएका छन् । रुस र बेलारुसबीचको सीमालाई युरोपमा बलियो सीमाका रुपमा लिने गरिन्छ ।
राष्ट्रपतिले बेलारुस र रुसका कानून निर्माताहरुले रचनात्मक र एक सुव्यवस्थित समन्वय एकाइ राख्नु आवश्यक भएको बताएका छन् ।
बेलारुसले र रुसले सन् १९९५ मा भएको सम्झौतापछि नै सीमा नियन्त्रण गर्न छाडेको थियो । यथार्थमा रुस र बेलारुसको सीमाबाट तेस्रो मुलुकको नागरिक प्रवेशमा सन् २०१६ बाट रुसले कडाइ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैलेन्द्रको साथले बागमती सरकार जोगियो, अन्य प्रदेशमा कस्तो असर गर्ला ?
-
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने
-
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव