बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चेम्बर अफ कमर्सको अध्यक्षमा पुनः राजेशकाजी श्रेष्ठ निर्वाचित, कार्यसमितिमा अरु को–को आए ? (नामसहित)

शुक्रबार, २८ पुस २०७४, १६ : ०१
शुक्रबार, २८ पुस २०७४

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा पुनः राजेशकाजी श्रेष्ठ निर्वाचित भएका छन् । चेम्बरको ६७ औं वार्षिक साधारणसभाबाट श्रेष्ठ पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । साधारणसभाले श्रेष्ठको अध्यक्षतामा संघीय ढाँचासँग जोडेर नयाँ कार्यकारी समिति चयन गरेको छ । 

नयाँं कार्य समितिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् भने कमलेश कुमार अग्रवाल उपाध्यक्ष (वाणिज्य), महेन्द्रमान श्रेष्ठ उपाध्यक्ष (उद्योग), दीपककुमार मलहोत्रा उपाध्यक्ष (जिल्ला–नगर), इच्छाराज तामाङ उपाध्यक्ष (वस्तुगत), नरेश श्रेष्ठ उपाध्यक्ष (संस्थागत) र भाष्करराज राजकर्णिकार उपाध्यक्ष (विशिष्ट मानार्थ) गरी ६ जना उपाध्यक्षहरु सर्वसम्मत चुनिएका छन् ।

त्यस्तै संघीय संरचनाअनुसार साँंगठनिक संरचना तयार भएको छ ।  जसअनुसार सातवटा प्रदेशतर्फबाट प्रदेश १ मा पर्शुराम दाहाल, प्रदेश २ मा पंकज जालान, प्रदेश ३ मा कृष्णमान श्रेष्ठ, प्रदेश ४ मा प्रमोद श्रेष्ठ, प्रदेश ५ मा भीमलाल पौड्याल, प्रदेश ६ मा दीपेन्द्रकुमार खत्री र प्रदेश ७ मा प्रकाश साउद केन्द्रमा प्रतिनिधित्व हुने गरी निर्वाचित भएका छन् ।  

नवनिर्वाचित कार्य समितिमा सम्वन्धित क्षेत्रबाट निर्वाचित हुनेहरुमा  उद्योगतर्फ लोकमान्य गोल्छा, राजेन्द्रप्रसाद अर्याल,डा.अञ्जान शाक्य, दिपक श्रेष्ठ, सुमितकुमार अग्रवाल रहेका छन् । त्यस्तै वाणिज्यतर्फ देवेन्द्रभक्त श्रेष्ठ, निलकण्ठ चौंलागाईं, सन्तोषकुमार पाण्डे, किशोरकुमार अग्रवाल, नवराज ढकाल, राष्ट्रभूषण चाकुवजी, राजु श्रेष्ठ, कैलाशचन्द्र गोयल, सुभासचन्द्र सांघाई, दीपककाजी तुलाधर, मनोजकुमार केडिया,सुधिर मित्तल, अशोककुमार अग्रवाल र दीपेशरत्न तुलाधर रहेका छन् ।

त्यसैगरी जिल्लातर्फ रणबहादुर श्रेष्ठ, राम श्रेष्ठ, टिकाराम शर्मा, श्रीकृष्ण रिजाल, मोहनराज शर्मा, टंकप्रसाद पोख्रेल निर्वाचित भएका छन् । त्यस्तै जिल्लातर्फ नै खुशनारायाण सैंजु, शतिसकुमार अग्रवाल, शोभा पौडेल, सन्तोष खतिवडा र गोविन्द वहादुर शाही निर्वाचित भएका छन् ।

त्यस्तै वस्तुगततर्फ सुरेन्द्रकुमार श्रेष्ठ, सुरेन्द्र कुमार शारदा, अर्जुन प्रसाद शर्मा, मृगेन्द्रमेहर श्रेष्ठ, मनोहरदास मुल श्रेष्ठ, रवि के.सी. र सञ्जय कुमार अग्रवाल निर्वाचित भएका छन् । त्यस्तै संस्थागततर्फ दिपक कुँवर र त्रिभुवनधर तुलाधर निर्वाचित भएका छन् । उता, आबद्धतर्फ राजारत्न तुलाधर र त्रिभुवनधर तुलाधर निर्वाचित भएका छन् ।  त्यस्तै रमेश महर्जन, ज्योतिप्रकाश पाण्डे र उर्मिला श्रेष्ठलाई साधारणसभाले मनोनित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप