शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अन्तरिक्ष यात्रामा भारतको पहिलो सफलता, सफलतालगत्तै मोदीले दिए यस्तो प्रतिक्रिया

शुक्रबार, २८ पुस २०७४, १६ : ५३
शुक्रबार, २८ पुस २०७४

एजेन्सी– भारतले पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको समाचारमा जनाइएको छ ।  भारतले ३१ वटा भू–उपग्रहसहितको रकेट आन्ध्र प्रदेश राज्यबाट अन्तरिक्षतर्फ पठाएको बताइएको छ । 

ती रकेटमा भारत बाहेकका अरु विभिन्न ६ वटा देशका भूउपग्रह पनि रहेका समाचारमा जनाइएको छ ।  यो अन्तरिक्षयान नक्साङ्कन र चित्राङ्कन गर्ने खालको हो । भारतीय सरकारको मातहतमा रहेको अन्तरिक्ष अनुसन्धान संगठनले शुक्रवार श्रीहरिकोटाबाट यो रकेट प्रक्षेपण गरेको राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । 

मुख्यरूपमा पृथ्वीको अवलोकन गर्ने बताइएका ती भू–उपग्रह संयुक्त राज्य अमेरिका, क्यानेडा, दक्षिण कोरिया, ब्रिटेन, फ्रान्स र फिन्ल्याण्डका पनि रहेका छन् । भू–उपग्रहलाई पृथ्वीको अवलोकनका अतिरिक्त सञ्चार सम्पर्कका लागि पनि तिनको प्रयोग गरिने प्राप्त समाचारमा जनाइएको छ । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस प्रक्षेपणको सफलता भारतका लागि एउटा गौरवपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिएका छन् ।  यसअघि पनि भारतले गत वर्षको फेब्रुअरी महिनामा पीएसएलवी–सी ३९ नामक मिसनको प्रक्षेपण विफल भएको थियो ।  यस पटकको यो सफालताबाट समग्र देशबाशीमानै खुसी थपेको प्रतिक्रिया भारतीय प्रधानमन्त्री मोदीले दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप