शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फेरि विवादमा फसे अमेरिकी राष्ट्रपति ट्रम्प

शुक्रबार, २८ पुस २०७४, १६ : ५९
शुक्रबार, २८ पुस २०७४

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हाइटी र अफ्रिकी देशका नागरिकको बारेमा प्रयोग गर्नुभएको भाषाको विषयलाई लिएर विवाद उत्पन्न भएको समाचार छ । 

अमेरिकामा राजनीतिक सहमतिका आधारमा ल्याइएको भनिएको आप्रवासनसम्बन्धी एउटा सम्झौताको विषयमा छलफलका लागि बस्ने क्रममा उनले ती नागरिकप्रति हेपाहा भाषा प्रयोग गरेको   बताइएको छ । 

सो सम्झौता प्रस्ताव पनि खारेज गर्नुपर्ने भन्दै उनले उक्त प्रस्तावको खारेजीका क्रममा हाइटी र अफ्रिकी देशहरूबारे अपमानजनक भाषा प्रयोग गर्नुभएको बताइएको छ । 

ह्वाइट हाउसमा रिपब्लिकन र डेमोक्र्याटका सांसद्हरूसँग भएको बैठकका क्रममा राष्ट्रपति ट्रम्पले ती देशका नागरिकलाई किन अमेरिका आउन दिनुपर्यो भनी प्रश्न गरेका थिए । 

अमेरिकी राष्ट्रपति ट्रम्पले सोही क्रममा ती देशका नागरिकलाई बेकामे भनी गर्नुभएको टिप्पणीप्रति आपत्ति जनाइएको समाचारमा उल्लेख गरिएको छ । 

उनले उक्त बैठकका क्रममा ती देशका नागरिकलाई प्रयोग गरेको भाषा अशिष्ट भएको भन्दै सांसदहरूले पनि विरोध गरेको बताइएको छ । 

हाइटी, एल्साल्भाडोर र अफ्रिकी देशका नागरिकलाई बेकामे भनेकोमा ती देशले पनि विरोध गरेका छन् ।  रिपब्लिकन र डेमोक्रे्याट सांसद्हरूलाई नै राष्ट्रपति ट्रम्पले उल्टै प्रश्न गरेका थिए, किन हामी यी काम नलाग्ने देशका मानिसहरूलाई यहाँ ल्याउनुपर्यो ? उनीहरुलाई किन अमेरिका प्रवेश गर्न दिने ? 

वासिङ्टन पोस्ट पत्रिकाका अनुसार यस शब्दको विषयलाई लिएर ती देशका नागरिकले पनि आपत्ति जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप