फेरि विवादमा फसे अमेरिकी राष्ट्रपति ट्रम्प
एजेन्सी– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हाइटी र अफ्रिकी देशका नागरिकको बारेमा प्रयोग गर्नुभएको भाषाको विषयलाई लिएर विवाद उत्पन्न भएको समाचार छ ।
अमेरिकामा राजनीतिक सहमतिका आधारमा ल्याइएको भनिएको आप्रवासनसम्बन्धी एउटा सम्झौताको विषयमा छलफलका लागि बस्ने क्रममा उनले ती नागरिकप्रति हेपाहा भाषा प्रयोग गरेको बताइएको छ ।
सो सम्झौता प्रस्ताव पनि खारेज गर्नुपर्ने भन्दै उनले उक्त प्रस्तावको खारेजीका क्रममा हाइटी र अफ्रिकी देशहरूबारे अपमानजनक भाषा प्रयोग गर्नुभएको बताइएको छ ।
ह्वाइट हाउसमा रिपब्लिकन र डेमोक्र्याटका सांसद्हरूसँग भएको बैठकका क्रममा राष्ट्रपति ट्रम्पले ती देशका नागरिकलाई किन अमेरिका आउन दिनुपर्यो भनी प्रश्न गरेका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सोही क्रममा ती देशका नागरिकलाई बेकामे भनी गर्नुभएको टिप्पणीप्रति आपत्ति जनाइएको समाचारमा उल्लेख गरिएको छ ।
उनले उक्त बैठकका क्रममा ती देशका नागरिकलाई प्रयोग गरेको भाषा अशिष्ट भएको भन्दै सांसदहरूले पनि विरोध गरेको बताइएको छ ।
हाइटी, एल्साल्भाडोर र अफ्रिकी देशका नागरिकलाई बेकामे भनेकोमा ती देशले पनि विरोध गरेका छन् । रिपब्लिकन र डेमोक्रे्याट सांसद्हरूलाई नै राष्ट्रपति ट्रम्पले उल्टै प्रश्न गरेका थिए, किन हामी यी काम नलाग्ने देशका मानिसहरूलाई यहाँ ल्याउनुपर्यो ? उनीहरुलाई किन अमेरिका प्रवेश गर्न दिने ?
वासिङ्टन पोस्ट पत्रिकाका अनुसार यस शब्दको विषयलाई लिएर ती देशका नागरिकले पनि आपत्ति जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना