बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कलर्स मोबाइलले ल्यायो बृहत चौडाई र अगाडी २ क्यामरा भएको फोन

शुक्रबार, २८ पुस २०७४, १८ : ११
शुक्रबार, २८ पुस २०७४

काठमाडौं – कलर्स मोबाइलले आफ्नो एस सिरिज समूह अन्तर्गत एक नयाँ ढाँचाको नवीनतम् मोबाइल फोन एस ११ लाई सार्वजनिक गरेको छ । 

एस ११ कलर्स मोबाइलको एस सिरिजमा आएको एक त्यस्तो अत्याधुनिक नवीनफोन भएको कम्पनीले जनाएको छ । जसमा मेडियाटेक ६७३७ डब्लु चिपसेट जडान गरिएको छ । आर्थर वाङ, जो मिडिया टेक इन्कर्पोरेटेडका (एशिया र अफ्रिकाको कर्पोरेट सेल्स एण्ड बिजनेश डेभलपमेन्ट) तर्फको उपमहाप्रबन्धक छन् । उनले टेलिटक प्रा.लि.का निर्देशक प्रतिकजालान र दराज केमू प्रा.लि.का प्रबन्ध निर्देशक राजीव अमात्यसँग संयुक्त रुपमा उक्त नयाँमोबाइल फोन सार्वजनिकिकरण गरेका थिए ।

 
प्रस्तुत नयाँ स्मार्टफोन प्रभावशाली दोहोरो क्यामराका साथ उपलब्ध छ भनें विशेषतः यो फोन जसको खास अधिकतम बजार मुल्य १६ हजार ४९५ रहेको भएता पनि २४ प्रतिशत छुटका साथ दराज डट कम डट एनपिका लागि विशेष मुल्य १२ हजार ४९५ कायम गरिएको जनाएको छ । 


साथै ग्राहकले १२ सय एमबिएनसेल डाटा एवं दराजमा अर्को पटकको खरीदमा २५० रुपैयाँ छुटको गिफ्ट भाउचर पनि सित्तैंमा पाइने छ । कलर्स मोबाइलले यस प्रकारले स्मार्टफोनलाई बजारमा पेश गरेको हाल सम्मकै यो पहिलो अवसर हो । फोनमा ८ मेगापिक्सल क्षमताको दुई क्यामरा अगाडी रहेका छन् भनें ८ मेगापिक्सलकै एक क्यामरा पछाडी भगमा रहेको छ । यो 

फोन तीपलहरुका लागि विश्वसनीय छ जब एकले सेल्फिमा हरेकलाई समेट्न चाहन्छ वा पृष्ठभूमिको सुन्दर दृश्यहरुलाई कैद गर्न चाहन्छ । अर्कोलाई प्रभावशाली एस ११ सँग चिडचिडाउनु पर्ने छैन ।


कलर्स मोबाइलको आरम्भ टेलिटक प्रा.लिले सन् २००९ बाट गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप