बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुदुरपश्चिम खप्तड गोल्डकपः मनाङ–मस्याङ्दी सेमिफाइनलमा प्रवेश

शुक्रबार, २८ पुस २०७४, १८ : ४७
शुक्रबार, २८ पुस २०७४

धनगढी– धनगढीमा जारी दोश्रो संस्करणको सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा मनाङ–मस्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा मनाङले रुपन्देही ११ लाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

मनाङको सफलतामा विशाल राई, विमल राना, सुजल श्रेष्ठ र भिक्टर अमोवीले गोल गरेका थिए । शनिबार हुने सेमिफाइनलमा मनाङले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने आइतबार सुदुरपश्चिमले सशस्त्र प्रहरीको एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप